देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित कैदसम्म राखिने

Best Khabar Team | २०७८ जेठ १० गते सोमबार


२४ मे, २०२१
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञामा थप कडाई गरिने भएको छ । नेपाल सरकार गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै देशका सबै जिल्लामा कोरोना संक्रमणको जोखिम उच्च गतिमा फैलिरहेको भन्दै तत्कालै निषेधाज्ञामा थप कडाई गर्न भनेको छ । गृहमन्त्रालयले केहीदिन अघि अध्यादेश नै जारी गरी कोरोना नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सबैमा आग्रह गरेको थियो ।

तरपनि देशभर निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढिरहेको निष्कर्षसहित गृहमन्त्रालयले निषेधाज्ञामा थप कडाई गर्न भनेको हो । गृहमन्त्रालयले देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायतलाई परिपत्र गर्दै कोरोना नियन्त्रणको यो अभियानमा थप कडाई गर्न भनेको हो । जस अनुसार कोरोना नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई तत्काल नगद जरिवानासहित कैदसम्म लैजान सक्ने गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अधिकार प्रदान गरिएको छ ।

नयाँ व्यवस्था अनुसार अहिले निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई १ लाख जरिमाना, संघसंस्थाको हकमा ५ लाख रुपैयाँ जरिमाना गर्ने निर्णय सरकारले गरेको छ । यस्तै अनुमति बिना सवारी साधन चलाउनेलाई २ हजार देखि ५ हजारसम्म जरिवाना गर्ने उल्लेख छ । यसमा २ पाङ्ग्रे सवारी साधन चलाउनेलाई २ हजार ४ पाङग्रेलाई ५ हजार जरिवाना तोकिएको छ । यस्तै, निषेधाज्ञा उल्लंघन गरी संस्था वा व्यवसाय सञ्चालन गरेको पाइएमा ६ महिना सो संस्था वा व्यवसाय बन्द गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति वा संस्थाका प्रमुखलाई १ वर्ष कैद र ५ लाख रुपैयाँसम्मको जरिमाना गरिएको छ ।

यस्तै हालै जारी भएको अध्यादेश विपरित काम गर्नेलाई ३ लाख रुपैयाँ नगद जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था गरिएको छ । सरकारले बनाएको नयाँ नियम अनुसार सार्वजनिक स्थानमा माक्स नलगाई हिँडेको भेटिएमा प्रत्येक पटक एक सय रुपैयाँ जरिमाना हुने व्यवस्था छ । कोभिड संकट व्यवस्थापन केन्द्रको सुझावका आधारमा गृहमन्त्रालयले निषेधाज्ञामा थप कडाई गर्न लागेको हो । आगामी एक महिना नेपालमा कोरोनाको जोखिम उच्च रहेको यसअघि नै स्वास्थ्य मन्त्रालयले बताईसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै ‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २०७६...

कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन्  तत्काल बन्द नहुने सेवाहरु कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन् तत्काल बन्द नहुने सेवाहरु

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा...

प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ

२०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...

राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर...

Top