Best Khabar Team | २०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०
बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको सैन्य विवाद कम गर्न ५ बुँदे सहमति बनेको छ । रुसको मध्यतामा रुसको राजधानी मस्कोमा भारत र चीनका विदेशमन्त्रीबीच झण्डै ३ घण्टा चलेको वार्तापछिको सहमतिमा तत्कालका लागि सीमामा देखिएको तनाव कम गर्नका लागि ठोस काम अघि बढाउने विषयमा ५ बुँदे सहमति भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

रुसको राजधानी मस्कोमा जारी साङ्घाई कर्पोरेशन अर्गनाइजेसन बैठकमा सहभागी हुन मस्को पुगेका दुई देशका विदेशमन्त्रीबीच सीमा क्षेत्रमा देखिएको तानाव कम गर्ने विषयमा विस्तृत छलफल भएको बताइएको छ । छलफलका लागि रुसले सहजिकरणको भूमिका निर्वाह गरेको बताइन्छ । वार्तामा भारतीय विदेशमन्त्री जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहभागी थिए । वार्तामा पछिल्लो समयमा भारत र चीनबीच सीमावर्ती क्षेत्र अर्थात् लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भै रहेको तनाव तथा पछिल्लो पटक भएको हिंसात्मक गतिविधिलगायतका विषयमा समीक्षा भएको बताइएको छ ।
उनीहरुबीच जारी तनावलाई कम गर्न तत्काल सैन्यस्तरबाटै प्रभावकारी काम अघि बढाउने विषयमा ठोस सहमति बनेको बताइएको छ । केही समय अघि चीन भारत सिमावर्ती क्षेत्र लद्दाखमा भएको भिडन्तमा सो क्षेत्रमा खटिएका २० जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो । वार्तामा भएको पाँच बुँदे सहमतिका बारेमा आधिकारिक विवरण सार्वजनिक नभएपनि सीमा
क्षेत्रमा खटिएका दुबै देशका सेनाहरु बीच आपसी तनाव कमगर्न दुबै देशले समन्वयकारी भूमिका निर्वाह गर्ने, दुबै देशबीचको सम्बन्ध थप सुधारका लागि कुटनीतिक रुपमै काम अघि बढाउने तथा विदेश नीतिप्रति दुबै देशले यसअघिको सहमतिलाई अक्षरसः पालनागर्ने तथा मित्रवत व्यवहार गर्ने विषयमा सहमति बनेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...
त्रिभुवन विमानस्थलको अस्तव्यस्तता
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९ वेस्टखबर टिम । काठमाडौं । सरकार...
नेपालमा बायु प्रदुषको प्रभाव : भोलिदेखि देशभरका विद्यालय ५ दिन बन्द
२०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित देशभर...
उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रप्रमुख केहीबेरमा नेपाल आउँदै
२०७६ आश्विन २५ गते शनिबार
१२ अक्टोबर, २०१९ काठमाडौं । नेपालको उत्तरी छिमेकी मुलुक...
Top