रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा

Best Khabar Team | २०७७ भाद्र २६ गते शुक्रबार


११ सेप्टेम्बर, २०२०
बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको सैन्य विवाद कम गर्न ५ बुँदे सहमति बनेको छ । रुसको मध्यतामा रुसको राजधानी मस्कोमा भारत र चीनका विदेशमन्त्रीबीच झण्डै ३ घण्टा चलेको वार्तापछिको सहमतिमा तत्कालका लागि सीमामा देखिएको तनाव कम गर्नका लागि ठोस काम अघि बढाउने विषयमा ५ बुँदे सहमति भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

रुसको राजधानी मस्कोमा जारी साङ्घाई कर्पोरेशन अर्गनाइजेसन बैठकमा सहभागी हुन मस्को पुगेका दुई देशका विदेशमन्त्रीबीच सीमा क्षेत्रमा देखिएको तानाव कम गर्ने विषयमा विस्तृत छलफल भएको बताइएको छ । छलफलका लागि रुसले सहजिकरणको भूमिका निर्वाह गरेको बताइन्छ । वार्तामा भारतीय विदेशमन्त्री जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहभागी थिए । वार्तामा पछिल्लो समयमा भारत र चीनबीच सीमावर्ती क्षेत्र अर्थात् लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भै रहेको तनाव तथा पछिल्लो पटक भएको हिंसात्मक गतिविधिलगायतका विषयमा समीक्षा भएको बताइएको छ ।

उनीहरुबीच जारी तनावलाई कम गर्न तत्काल सैन्यस्तरबाटै प्रभावकारी काम अघि बढाउने विषयमा ठोस सहमति बनेको बताइएको छ । केही समय अघि चीन भारत सिमावर्ती क्षेत्र लद्दाखमा भएको भिडन्तमा सो क्षेत्रमा खटिएका २० जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो । वार्तामा भएको पाँच बुँदे सहमतिका बारेमा आधिकारिक विवरण सार्वजनिक नभएपनि सीमा

क्षेत्रमा खटिएका दुबै देशका सेनाहरु बीच आपसी तनाव कमगर्न दुबै देशले समन्वयकारी भूमिका निर्वाह गर्ने, दुबै देशबीचको सम्बन्ध थप सुधारका लागि कुटनीतिक रुपमै काम अघि बढाउने तथा विदेश नीतिप्रति दुबै देशले यसअघिको सहमतिलाई अक्षरसः पालनागर्ने तथा मित्रवत व्यवहार गर्ने विषयमा सहमति बनेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल भ्रमण   २०२० :  जनवरी १ मा काठमाडौंमा विशेष  कार्यक्रम,  १० लाख सहभागी हुँदै नेपाल भ्रमण २०२० : जनवरी १ मा काठमाडौंमा विशेष कार्यक्रम, १० लाख सहभागी हुँदै

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई...

चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...

दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस

२०७६ मंशिर २४ गते मंगलबार

१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी...

रानीपोखरीस्थित ‘प्रहरी कन्ट्रोल रुम’ मा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण रानीपोखरीस्थित ‘प्रहरी कन्ट्रोल रुम’ मा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुममा...

Top