मकवानपुर दुर्घटना : मृतकको संख्या ३ पुग्यो

Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार


फाइल तस्वीर

२७ डिसेम्बर, २०१९
काठमाडौं । मकवानपुरमा आज बिहान भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । स्थानीय इन्द्रसरोवर गाउँपालिका ३ मा आज बिहान भएको यात्रुबाहक टाटासुमो दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ जना पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।

हेटौडाबाट काठमाडौंका लागि छुटेको ना१ज ३४३३ नम्बरको जीप इन्द्रसरोवर गाउँ पालिकास्थित पाटेखोलामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा जीप सडकबाट करिब आधाकिलोमिटर तल खसेको थियो । दुर्घटनामा ६ जना घाइते भएको र उनीहरुको स्थानीय मनमोहन मेमोरियल अस्पताल फर्पिङ्गमा उपचार भै रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यस्तै, काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ३ तिनपिप्पेलमा टिफर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । कीर्तिपुरबाट फोहोर लिएर ओखरपौपा जाँदै गरेको ना २ क ३३८ नम्बर टिपर पल्टँदा चालक माइला लामा र सहचालक कमल लामाको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेहरुको शव काठमाडौंको शिक्षण अस्पतालमा राखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले

२०७६ पुष ७ गते सोमबार

तपाईँ दहीको पारखी हुनुहुन्छ ? वा तपाईँको परिवारका कोही...

भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो

२०७७ जेठ २० गते मंगलबार

०२ मे, २०२०मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी...

फेरियो विदेशबाट हुने उद्दारको उडान तालिका (नयाँ तालिकासहित) फेरियो विदेशबाट हुने उद्दारको उडान तालिका (नयाँ तालिकासहित)

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०काठमाडौं । सरकारले विश्वका विभिन्न देशमा रहेका...

चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका

२०७७ असार २२ गते सोमबार

०६ जुलाई, २०२०धुन्चे । चीनले केही कन्टेनर सामान ल्याइदिएसँगै...

Top