Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९
काठमाडौं । मकवानपुरमा आज बिहान भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । स्थानीय इन्द्रसरोवर गाउँपालिका ३ मा आज बिहान भएको यात्रुबाहक टाटासुमो दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ जना पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।
हेटौडाबाट काठमाडौंका लागि छुटेको ना१ज ३४३३ नम्बरको जीप इन्द्रसरोवर गाउँ पालिकास्थित पाटेखोलामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा जीप सडकबाट करिब आधाकिलोमिटर तल खसेको थियो । दुर्घटनामा ६ जना घाइते भएको र उनीहरुको स्थानीय मनमोहन मेमोरियल अस्पताल फर्पिङ्गमा उपचार भै रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
यस्तै, काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ३ तिनपिप्पेलमा टिफर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । कीर्तिपुरबाट फोहोर लिएर ओखरपौपा जाँदै गरेको ना २ क ३३८ नम्बर टिपर पल्टँदा चालक माइला लामा र सहचालक कमल लामाको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेहरुको शव काठमाडौंको शिक्षण अस्पतालमा राखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय
२०७७ मंशिर १५ गते सोमबार
३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग...
कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए
२०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै...
स्वीट्जरल्याण्डमा पनि भेटियो कोरोना भाइरस संक्रमित
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० जुरिच । युरोपेली मुलुक स्वीट्जरल्याण्डमा पहिलोपटक...
फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०काठमाडौं । नेपालमा आज एकैदिन ७४ जनामा...
Top