स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस्

Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार


०२ मे, २०२१
काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या डरलाग्दो ढंगले बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले अध्ययन तथा अन्य सामान्य प्रकृतिको विदामा बसेका स्वास्थ्यकर्मीलाई तत्काल काममा फर्कन निर्देशन दिएको छ । एकैदिन मुलुकमा ७ हजार २ सय भन्दा माथि कोरोना संक्रमित थपिएकै दिन स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विदाबाट तत्काल काममा फर्कन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा देशभर कोरोना संक्रमितको संख्या थपिदो क्रममा रहेको र अध्ययन विदामा बसेका स्वास्थ्यकर्मीहरुको अहिले अध्ययन कार्य समेत बन्द रहेकोले तत्काल पूर्ववत् दरबन्दी रहेकै स्थानमा फर्केर काम गर्न भनिएको छ । मन्त्रालय स्रोतको भनाई अनुसार अन्य सामान्य घरायसी विदामा रहेकाहरुलाई पनि तत्काल काममा फर्कन मन्त्रालयले फेरि पनि निर्देशन दिएको छ ।

विज्ञप्तिमा चिकित्सक तथा अन्य स्वास्थ्य क्षेत्रसँग सम्बधन्धित रहेर विभिन्न विश्वविद्यालय र क्याम्पसहरुमा अध्ययन अध्यापन गराईरहेका विद्यार्थी तथा शिक्षकहरुलाई सोही विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउन सक्ने उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...

फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिस घुम्न...

बिवाह बन्धनमा बाँधिइन् स्वेता बिवाह बन्धनमा बाँधिइन् स्वेता

२०७७ मंशिर २२ गते सोमबार

०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह...

असारे झरीले भत्कियो काठमाडौंको सदरखोर असारे झरीले भत्कियो काठमाडौंको सदरखोर

२०७७ असार ६ गते शनिबार

२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा...

Top