लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार


१४ जुन, २०२०
काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर जारी लकडाउनको समयदेखि आगामी दिनमा विद्यालय नखुल्दासम्म कुनैपनि शैक्षिक शुल्क नलिन मागगर्दै सरकार समक्ष विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् । काठमाडौं उपत्यकालगायत देशका कतिपय जिल्लाका निजी विद्यालयले लकडाउनको समयको पनि शुल्क माग्न थालेको जानकारी सार्वजनिक भएसँगै नेपाल विद्यार्थी संघले सरकार समक्ष तत्काल यस्तो कार्य रोक्न मागगर्दै ज्ञापन पत्र दिएको हो ।

शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघका नेताहरु । तस्वीर सौजन्य : नेविसंघ ।

नेविसंघले आज शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई उहाँकै कार्यकक्षमा पुगेर ज्ञापनपत्र दिँदै काम गुमाएर बसेका अभिभावकमाथि अनावश्यक बोझ थप्ने विद्यालयका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरेका हुन् । उनीहरुले लकडाउन खुकुलो भएपनि विद्यार्थीहरुका लागि अनलाईन कक्षा शुरु गर्न लागिएको परिप्रेक्षमा निशुल्क इन्टरनेटको व्यवस्था गर्न माग गरेका छन् । मन्त्रालयमार्फत सबै विद्यालयहरुलाई नेविसंघले तत्काल विभिन्न बहानामा भै रहेको शुल्क उठाउने काम तत्काल बन्द गर्न निर्देशन दिन भनेका छन् ।

अन्यथा आफूहरु आन्दोलनमा जानुको विकल्प नभएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । काठमाडौं उपत्यकाभित्र सञ्चालित एकदर्जन भन्दा बढी विद्यालयहरुले बैशाख र जेठको समेत शुल्क मागगर्दै आइरहेका छन् भने चैत्रको शुल्क अधिकांश विद्यालयहरुले यसअघि नै उठाईसकेका छन् । लकाउनका कारण अधिकांश विद्यार्थीहरु काठमाडौं बाहिरै थुनिएको अवस्थामा कतिपय विद्यालयले शुल्क उठाउने उद्देश्यले अनलाईन कक्षा सञ्चालन गरिरहेका छन् ।

जुन अहिलेको सन्दर्भमा सबै विद्यार्थीहरुको हितमा नभएको विज्ञहरुले बताउँदै आएका छन् । नेविसंघले शिक्षामन्त्री पोखरेलसमक्ष विद्यालय तथा क्याम्पसहरूले शैक्षिक संस्था बन्द भएको बेला पनि शुल्क लिइएरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउँदै आयातमा लगाइएको कर खारेज गर्नका लागि माग गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै  ठूलो दुर्घटना पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै ठूलो दुर्घटना

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । कास्कीको पोखरामा आज बिहान...

दल बिभाजनसम्बन्धी नयाँ अध्यादेशको प्रभाव : बाबुराम भट्टराई र महन्थ ठाकुर नेतृत्वको दुई पार्टीबीच मध्यरातमा एकता दल बिभाजनसम्बन्धी नयाँ अध्यादेशको प्रभाव : बाबुराम भट्टराई र महन्थ ठाकुर नेतृत्वको दुई पार्टीबीच मध्यरातमा एकता

२०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपालका इतिहाँसमा धेरैजस्ता महत्वपूर्ण निर्णय...

काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै...

सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२० काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक...

Top