Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०
काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर जारी लकडाउनको समयदेखि आगामी दिनमा विद्यालय नखुल्दासम्म कुनैपनि शैक्षिक शुल्क नलिन मागगर्दै सरकार समक्ष विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् । काठमाडौं उपत्यकालगायत देशका कतिपय जिल्लाका निजी विद्यालयले लकडाउनको समयको पनि शुल्क माग्न थालेको जानकारी सार्वजनिक भएसँगै नेपाल विद्यार्थी संघले सरकार समक्ष तत्काल यस्तो कार्य रोक्न मागगर्दै ज्ञापन पत्र दिएको हो ।

नेविसंघले आज शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई उहाँकै कार्यकक्षमा पुगेर ज्ञापनपत्र दिँदै काम गुमाएर बसेका अभिभावकमाथि अनावश्यक बोझ थप्ने विद्यालयका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरेका हुन् । उनीहरुले लकडाउन खुकुलो भएपनि विद्यार्थीहरुका लागि अनलाईन कक्षा शुरु गर्न लागिएको परिप्रेक्षमा निशुल्क इन्टरनेटको व्यवस्था गर्न माग गरेका छन् । मन्त्रालयमार्फत सबै विद्यालयहरुलाई नेविसंघले तत्काल विभिन्न बहानामा भै रहेको शुल्क उठाउने काम तत्काल बन्द गर्न निर्देशन दिन भनेका छन् ।
अन्यथा आफूहरु आन्दोलनमा जानुको विकल्प नभएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । काठमाडौं उपत्यकाभित्र सञ्चालित एकदर्जन भन्दा बढी विद्यालयहरुले बैशाख र जेठको समेत शुल्क मागगर्दै आइरहेका छन् भने चैत्रको शुल्क अधिकांश विद्यालयहरुले यसअघि नै उठाईसकेका छन् । लकाउनका कारण अधिकांश विद्यार्थीहरु काठमाडौं बाहिरै थुनिएको अवस्थामा कतिपय विद्यालयले शुल्क उठाउने उद्देश्यले अनलाईन कक्षा सञ्चालन गरिरहेका छन् ।
जुन अहिलेको सन्दर्भमा सबै विद्यार्थीहरुको हितमा नभएको विज्ञहरुले बताउँदै आएका छन् । नेविसंघले शिक्षामन्त्री पोखरेलसमक्ष विद्यालय तथा क्याम्पसहरूले शैक्षिक संस्था बन्द भएको बेला पनि शुल्क लिइएरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउँदै आयातमा लगाइएको कर खारेज गर्नका लागि माग गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मध्यरातमा पहिरोले घर पुर्दा कालीकोटमा ४ को मृत्यु, अरु ४ बेपत्ता
२०७७ श्रावण १४ गते बुधबार
२९ जुलाई, २०२०मान्मा, कालीकोट । बिकट पहाडी जिल्ला कालीकोटमा...
तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द
२०७७ असार ९ गते मंगलबार
२३ जुन, २०२०डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको...
नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड...
५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा
२०७७ असार ५ गते शुक्रबार
१९ जुन, २०२०फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा...
Top