ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक विरामीको मृत्यु, अस्पताल भन्छ : ‘स्वाब परीक्षणमा कोरोना संक्रमण देखियो’

Best Khabar Team | २०७७ जेठ १४ गते बुधबार


२७ मे, २०२०
काठमाडौं । ललितपुरको ग्वार्को इमाडोलमा रहेको किष्ट अस्पतालमा उपचारत एक विरामीको आज साँझ उपचारका क्रममा मृत्यु भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर २२ का ५६ वर्षका एक पुरुषको उपचार हुँदा हुँदै मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक ती पुरुषको कोरोना परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

यद्यपि यसको औपचारिक पुष्टि भने स्वास्थ्य मन्त्रालयले गरिसकेको छैन । गएको जेठ ११ गते अस्पताल भर्ना भएका उनको १२ गते स्वाब निकालेर पाटन अस्पतालमा परिक्षणका लागि पठाइएको थियो । पीसीआर विधिबाट गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यद्यपि उनी उनी विभिन्न रोगबाट पीडित बनेर अस्पतालमा उपचारार्थ भर्ना भएका थिए ।

सोही क्रममा उनमा केही लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि नमुना पाटन अस्पताल पठाएको थियो । ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले पनि सञ्चारकर्मीसँगको कुराकानीमा मृतक ती पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताएका छन् । घटनालगत्तै अहिले ती व्यक्तिको शवलाई सुरक्षित स्थानमा राखेर अस्पतालमा उनको उपचारमा संलग्न चिकित्सकलाई क्वारेन्टाइनमा राख्ने तयारी भै रहेको छ ।

यस्तै किस्ट अस्पतालको आइसियु कक्षलाई समेत सिलगर्ने तयारी भएको अस्पताल स्रोतले जानकारी दिएको छ । ललितपुरमा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यार्सागुम्बा संकलनमा गएकी एक महिला र बालिकामाथि आक्रमण, २ को अवस्था गम्भीर यार्सागुम्बा संकलनमा गएकी एक महिला र बालिकामाथि आक्रमण, २ को अवस्था गम्भीर

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । बहुमूल्य हिमाली ‘भियग्रा’ को...

युरोपेली मुलुक लक्जम्बर्गमा पहिलो पटक तमु ल्होसार (फोटोफिचर) युरोपेली मुलुक लक्जम्बर्गमा पहिलो पटक तमु ल्होसार (फोटोफिचर)

२०८१ पुष ११ गते बिहिबार

२६ डिसेम्बर २०२४लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । युरोपेली मुलुक लक्जम्बर्गमा...

लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको नियम उल्लंघन गरेर...

बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत

२०७६ पुष १८ गते शुक्रबार

०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको...

Top