ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक विरामीको मृत्यु, अस्पताल भन्छ : ‘स्वाब परीक्षणमा कोरोना संक्रमण देखियो’

Best Khabar Team | २०७७ जेठ १४ गते बुधबार


२७ मे, २०२०
काठमाडौं । ललितपुरको ग्वार्को इमाडोलमा रहेको किष्ट अस्पतालमा उपचारत एक विरामीको आज साँझ उपचारका क्रममा मृत्यु भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर २२ का ५६ वर्षका एक पुरुषको उपचार हुँदा हुँदै मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक ती पुरुषको कोरोना परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

यद्यपि यसको औपचारिक पुष्टि भने स्वास्थ्य मन्त्रालयले गरिसकेको छैन । गएको जेठ ११ गते अस्पताल भर्ना भएका उनको १२ गते स्वाब निकालेर पाटन अस्पतालमा परिक्षणका लागि पठाइएको थियो । पीसीआर विधिबाट गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यद्यपि उनी उनी विभिन्न रोगबाट पीडित बनेर अस्पतालमा उपचारार्थ भर्ना भएका थिए ।

सोही क्रममा उनमा केही लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि नमुना पाटन अस्पताल पठाएको थियो । ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले पनि सञ्चारकर्मीसँगको कुराकानीमा मृतक ती पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताएका छन् । घटनालगत्तै अहिले ती व्यक्तिको शवलाई सुरक्षित स्थानमा राखेर अस्पतालमा उनको उपचारमा संलग्न चिकित्सकलाई क्वारेन्टाइनमा राख्ने तयारी भै रहेको छ ।

यस्तै किस्ट अस्पतालको आइसियु कक्षलाई समेत सिलगर्ने तयारी भएको अस्पताल स्रोतले जानकारी दिएको छ । ललितपुरमा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

२०७७ जेठ १५ गते बिहिबार

२८ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...

मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’ मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...

देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित) देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित)

२०७७ असार १७ गते बुधबार

०१ जुलाई, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा देखिएको कोरोना...

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल...

Top