पहिलो पटक काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने

Best Khabar Team | २०७६ फाल्गुन १४ गते बुधबार


२६ फेब्रुअरी, २०२०
काठमाडौं । यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ आयोजना गरिने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार ‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवको लागि सम्पूर्ण तयारी पूरा भएको भन्दै आयोजकले काठमाडौं उपत्यकालगायतका शहरी क्षेत्रको काँठमा गाईने काँठे भाकाको संरक्षण, प्रबद्र्धनका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

यसका अलावा काँठ क्षेत्रमा रहेको ऐतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाद्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगायतको प्रवद्र्धन गर्ने, काँठ क्षेत्रका विभिन्न मौलिक गीत संगीतका श्रष्टा सर्जकहरुको प्रस्तुतिका साथै विभिन्न मौलिक नृत्य सहितको साँस्कृतिक कार्यक्रम गर्ने तयारी पनि आयोजकले गरेका छन् । पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण गर्ने, कार्यक्रमस्थलमा निःशुल्क रुपमा धेरैभन्दा धेरै दर्शकलाई प्रवेश गराई काँठ क्षेत्रको मौलिक पुरातात्विक कला संस्कृति, भेष–भुषा, रहन–सहनको सम्बद्र्धन गर्ने लक्ष लिइएको बताइएको छ ।

काँठ क्षेत्रका बहु चर्चित सयौंभन्दा बढि मौलिक काँठे लोक भाकाहरु छनोट गरि लोकदोहोरी प्रतियोगिता गराई प्रतियोगीतामा विजयी घोषण गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लिले कार्यक्रमको आयोजना गर्न लागेको हो । महोत्सवमा प्रथम हुनेलाई नगद ३ लाख, दोस्रो हुनेलाई नगद २ लाख तेस्रो हुनेलाई नगद १ लाख प्रदान गरिने आयोजको भनाई छ



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’ अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट...

अधिकमास (पुरुषोत्तम महिना) र यसको धार्मिक महत्व अधिकमास (पुरुषोत्तम महिना) र यसको धार्मिक महत्व

२०७७ भाद्र ११ गते बिहिबार

– विश्वनाथ खरेलएउटै महिनामा दुईवटा औंसी प-यो भने त्यसलाई...

उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक...

हिन्दु धर्म, जनै पूर्णिमा र यसको धार्मिक महत्व हिन्दु धर्म, जनै पूर्णिमा र यसको धार्मिक महत्व

२०७७ श्रावण १९ गते सोमबार

निलकण्ठ महारुपपृष्ठभूमिनेपालमा संविधानतः मुलुक अहिले धर्म निरपेक्ष राष्ट्र भएको...

Top