बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार


१९ डिसेम्बर, २०१९
काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अझै एक महिना थुनामै राखेर मुद्दाको सुनुवाई गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

अदालतको यो आदेश सँगै महरा थप एक महिना जेलमै रहने भएका छन् । जिल्ला अदालत काठमाण्डौैंंले गत कार्तिक १८ गते दिएको आदेशलाई उच्च अदालत पाटनले सदर गर्दै महरालाई थुनामै राखेर मुद्दाको सुनुवाई गर्न आदेश दिएको हो ।

पाटन अदालतका मुख्य न्यायधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले आज यस्तो आदेश दिएको हो । महरा सभामुख रहेकै बेला गत असोजअसोज १७ गते राति संसद सचिवालयमा कार्यरत महिला कर्मचरी रोशनी शाक्यमाथि बलात्कारको प्रयास गरेको भन्दै रोशनीले प्रहरीमा उजुरी दिएको थियो ।

घटनाको २ दिनपछि महरा पक्राउ परेका थिए । महरा हाल डिल्लीबजारस्थित सदरखोरमा थुनामा छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

COVID 19 TIME – SOME ENCOURAGEMENT COVID 19 TIME – SOME ENCOURAGEMENT

२०७७ श्रावण २३ गते शुक्रबार

Shree Hari Subedi “SAMAN” Everyone is stressed because of...

२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो २४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४...

चीनको बुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको हल्ला निराधार : डब्लुएचओ चीनको बुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको हल्ला निराधार : डब्लुएचओ

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१जेनेभा, स्वीट्जरल्याण्ड । बिश्वमा हालसम्म साढे २३...

कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी २०२०प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम । कोरोना भाइरस...

Top