कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द

Best Khabar Team | २०७८ बैशाख २ गते बिहिबार


१५ अप्रिल, २०२१
नेपालगञ्ज, बाँके । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या अत्यासलाग्दो ढंगबाट बढ्न थालेपछि बाँके जिल्ला प्रशासन कार्यालयले नेपालगञ्जका सबै विद्यालयहरु एक साताका लागि बन्द गर्ने घोषणा गरेको छ ।

जिल्ला विपत् व्यवस्थापन केन्द्रललगायत सरोकारवालाहरुको बैठकले भोलिदेखि लागूहुने गरी आगामी ७ दिनका लागि नेपालगञ्ज उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालय बन्द गर्ने घोषणा गरेको हो । आजमात्रै स्वास्थ्य मन्त्रालयले देशका १३ जिल्लालाई बढी जोखिमपूर्ण जिल्लाको रुपमा घोषणा गरेको थियो । मन्त्रालयले यस्ता जिल्लामा सञ्चालनमा रहेका रात्रीकालीन व्यवसाय, शिक्षणसंस्थालगायत बढी मानिसहरुको भीडभाड हुने क्षेत्र तत्काल बन्द गर्न भनेको थियो ।

पछिल्लो २४ घण्टामा बाँके जिल्लामा मात्रै कोरोनाका १ सय २३ नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनमा बाँकेको सिमावर्ती भारतीय भूमिबाट हजारौंको संख्यामा नेपाली तथा भारतीय नागरिकहरु नेपालतर्फ भित्रन थालेसँगै जोखिम र संक्रमित बढ्न थालेका हुन् । प्रशासन कार्यालयले सीमा क्षेत्रमा हुने चेकजाँचमा पनि थप कडाई गर्ने निर्णय समेत गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण

२०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा...

कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो

२०७६ फाल्गुन २९ गते बिहिबार

१२ मार्च, २०२०नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक...

ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । सरकारले विभिन्न ४ देशका...

पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २...

Top