काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै

Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार


२९ मार्च, २०२०
सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिकहरुलाई विमान चार्टर गरेर स्वदेश ल्याउने भएको छ । पछिल्लो समयमा नेपालमा पनि कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेपछि अमेरिका सरकारले आफ्ना नागरिहकरुलाई कतार एयरको विमान चार्टर गरेर अमेरिका ल्याउन लागेको हो ।

यसरी आउने नागरिकहरुलाई प्राथमिकतामा राखेर अमेरिका ल्याउन लागिएको दुतावासले जनाएको छ । जसमा पहिलो नम्बरमा ६५ बर्ष काटेका र स्वास्थ्य समस्यामा परेकाहरु पर्नेछन् । यस्तै दोश्रोमा बालबालिकाहरु र त्यसपछि आउन चाहेका सबै अमेरिकीहरु पर्नेछन् ।

नेपालस्थित अमेरिकी दुतावासका प्रमुख रेन्डी बेरीले एक भिडियो सन्देश जारी गरी देशभरी रहेका र स्वदेश फर्कन चाहेकालाई काठमाडौंमा जम्मा गर्नका लागि दूतावासले नेपाल सरकार र सरोकारवालासँग समन्वय गरिरहेको भन्दै आफू रहेको जिल्ला र क्षेत्रमा रहेका स्थानीय प्रतिनिधिमार्फत् दूतावासको सम्पर्कमा रहनका लागि आग्रह गरेका छन् ।

उनीहरुलाई यही मार्च ३१ तारिकको दिन मंगलबार कतारबाट गएको कतार एयरवेजको विमानले काठमाडौंबाट उद्दार गर्ने छ । देशका विभिन्न भागमा पदयात्राको क्रममा रहेका तथा नेपालका विभिन्न मिसनमा काम गर्ने ती नागरिकहरुलाई तत्कालका लागि अमेरिका ल्याउन लागिएको दूतावास स्रोतले जानकारी दिएको छ । अमेरिका फर्कन चाहने अमेरिकी नागरिकहरु यतिबेला नेपालका विभिन्न क्षेत्रबाट काठमाडौंमा भेला भएका छन् ।

उनीहरुलाई नेपाल पर्यटन बोर्ड, ट्रेकिङ् एजेन्सिज् एसोसिएसन अफ नेपाल, टानलगायतको समन्वयमा विभिन्न जिल्लाबाट प्रहरीको गाडी तथा विमानमा राखेर काठमाडौं ल्याइ पु¥याइएको छ । यसरी उद्दारमा पर्नेहरुमा कतिपय दूतावासका कर्मचारीहरु समेत रहेको दूतावास स्रोतले जानकारी दिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयको चार्टर विमान आगामी मार्च ३१ का दिन दिउँसो १२ बजे काठमाडौंबाट कतारको लागि उड्ने छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउन खुल्ला भएसँगै...

हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहमा...

चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०बेइजिङ्ग । चीनका विभिन्न स्थानमा कोरोना भाइरसका...

कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक...

Top