Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१
काठमाडौं । सरकारले काठमाडौंलगायत देशभर सञ्चालन हुने सार्वजनिक यातयातमा सवार सबैलाई अनिवार्य रुपमा माक्स प्रयोग गर्न भनेको छ । पछिल्ला दिनहरुमा छिमेकी मुलुक भारतका साथै नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि सरकारले यसको रोकथामका लागि भन्दै यो व्यवस्था गरेको छ । यसका लागि यातयात व्यवस्था मन्त्रालययले सार्वजनिक यातयातको अनुगमनलाई तीब्र बनाउने जनाएको छ ।

पछिल्ला दिनहरुमा भारतमा कोरोनाको परिवर्तित स्वरुप देखिएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । हाल नेपाल भारत सिमा नाका खुल्ला रहेका कारण भारतमा देखिएको परिवर्तित कोरोनाका संक्रमित नेपालमा पनि देखिन सकिने भन्दै सरकारले सार्वजनिक यातयातमा यात्रा गर्नेहरुका लागि माक्स अनिवार्य गर्न लागेको हो । यातयात मन्त्रालय अन्र्तगतको यातयात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातयात व्यवसायी, यातयात मजदूरलगायतको संयुक्त बैठकपछि आजदेखि उपत्यकालगायत देशभर सञ्चालन हुने सार्वजनिक सवारी साधनमा माक्स अनिवार्य गर्ने निर्णय भएको हो ।
छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलगायतको समेत सहभागिता रहेको थियो । छलफलमा सहभागी एक यातयात व्यवासायीले बेस्टखबर डटकमलाई दिएको जानकारी अनुसार अब उप्रान्त सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु तथा चालक दलका सदस्य, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई प्रहरीले तत्काल कारबाही गर्न सक्ने छ । यसका अलावा सार्वजनिक सवारी साधनमा स्यानिटाइजर अनिवार्य गर्ने, सामाजिक दुरी कायम राख्ने तथा, काठमडौंको नयाँबसपार्कलगायत देशका प्रमुख बसपार्क क्षेत्रमा हातधुने व्यवस्था गर्न लागिएको छ।

सरकारले कोरोना भाइरसको दोश्रो लहर नेपालमा भित्रनसक्ने भन्दै त्यसका लागि आवश्यक पर्ने सबैखाले सुरक्षा व्यवस्था अपनाउन तयारी गरेको छ । केहीदिन अघि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् गृहमन्त्रालयले देशभर रहेका क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरको पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको थियो । भारतमा पछिल्ला दिनमा कोरोना भाइरसको दोश्रो चरण शुरु भएसँगै नेपालमा पनि कोरोना संक्रमण फेरि फैलनसक्ने भन्दै त्यसका लागि आवश्यक तयारी अघि बढाउन थालिएको छ । सरकारले विद्यालयहरुलाई पनि आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै
२०७६ फाल्गुन १० गते शनिबार
२२ फेब्रुअरी, २०२० जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त...
दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)
२०७६ चैत्र ७ गते शुक्रबार
२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
देशभर कोरोना संक्रमितको संख्या ४६ सय*बाट उकालो लाग्यो
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा थप २...
झण्डै ४ महिनादेखि वेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको शव भेटियो
२०७७ भाद्र १५ गते सोमबार
३१ अगस्ट, २०२०वेस्टह्याम, बेलायत । गत मे ७ (बैशाख...
Top