Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१
काठमाडौं । सरकारले काठमाडौंलगायत देशभर सञ्चालन हुने सार्वजनिक यातयातमा सवार सबैलाई अनिवार्य रुपमा माक्स प्रयोग गर्न भनेको छ । पछिल्ला दिनहरुमा छिमेकी मुलुक भारतका साथै नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि सरकारले यसको रोकथामका लागि भन्दै यो व्यवस्था गरेको छ । यसका लागि यातयात व्यवस्था मन्त्रालययले सार्वजनिक यातयातको अनुगमनलाई तीब्र बनाउने जनाएको छ ।

पछिल्ला दिनहरुमा भारतमा कोरोनाको परिवर्तित स्वरुप देखिएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । हाल नेपाल भारत सिमा नाका खुल्ला रहेका कारण भारतमा देखिएको परिवर्तित कोरोनाका संक्रमित नेपालमा पनि देखिन सकिने भन्दै सरकारले सार्वजनिक यातयातमा यात्रा गर्नेहरुका लागि माक्स अनिवार्य गर्न लागेको हो । यातयात मन्त्रालय अन्र्तगतको यातयात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातयात व्यवसायी, यातयात मजदूरलगायतको संयुक्त बैठकपछि आजदेखि उपत्यकालगायत देशभर सञ्चालन हुने सार्वजनिक सवारी साधनमा माक्स अनिवार्य गर्ने निर्णय भएको हो ।
छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलगायतको समेत सहभागिता रहेको थियो । छलफलमा सहभागी एक यातयात व्यवासायीले बेस्टखबर डटकमलाई दिएको जानकारी अनुसार अब उप्रान्त सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु तथा चालक दलका सदस्य, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई प्रहरीले तत्काल कारबाही गर्न सक्ने छ । यसका अलावा सार्वजनिक सवारी साधनमा स्यानिटाइजर अनिवार्य गर्ने, सामाजिक दुरी कायम राख्ने तथा, काठमडौंको नयाँबसपार्कलगायत देशका प्रमुख बसपार्क क्षेत्रमा हातधुने व्यवस्था गर्न लागिएको छ।

सरकारले कोरोना भाइरसको दोश्रो लहर नेपालमा भित्रनसक्ने भन्दै त्यसका लागि आवश्यक पर्ने सबैखाले सुरक्षा व्यवस्था अपनाउन तयारी गरेको छ । केहीदिन अघि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् गृहमन्त्रालयले देशभर रहेका क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरको पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको थियो । भारतमा पछिल्ला दिनमा कोरोना भाइरसको दोश्रो चरण शुरु भएसँगै नेपालमा पनि कोरोना संक्रमण फेरि फैलनसक्ने भन्दै त्यसका लागि आवश्यक तयारी अघि बढाउन थालिएको छ । सरकारले विद्यालयहरुलाई पनि आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार...
गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...
पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण, क्वारेन्टाइनमा राखेर उपचार गरिँदै
२०७६ चैत्र २ गते आइतबार
१५ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलको दक्षिण पूर्वमा पर्ने फारो...
काठमाडौबाट ३ सय बढी विदेशी नागरिकको ‘चार्टर विमान’ मार्फत् उद्दार
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०काठमाडौं । लकडाउनका कारण नेपालका विभिन्न क्षेत्रमा...
Top