भारतमा लिगमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु, रोटी लिएर यात्रा गरेका थिए मजदुरले…

Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार


०८ मे, २०२०
नयाँदिल्ली । भारतमा रेलले किचेर १६ जना मजदुरको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार भारतमा जारी लकडाउनको चपेटमा परेका मजदुरहरु हिँडेरै घर जाने क्रममा स्थानीय औरंगाबादमा रेलको लिगमा बास बसेका थिए । बिहान ५ बजेतिर मजदुर सुतिरहेका बेला एक्कासी आएको रेलले किच्दा उनीहरुको घटनास्थमै ज्यान गएको हो ।

मजदुरहरुले बाटोमा खानको लागि ल्याएको रोटी दुर्घटनापछि रेलको लिकमा छरिएको अवस्थामा ।

रेलको लिगमा सुतिरहेका बेला एक्कासी रेल उनीहरुको शरीरमाथिबाट गुडेको थियो । महाराष्ट्रमा भएको सो घटनामा अरु ५ जना घाइते भएका छन् । स्थानीय स्टील कारखानामा कार्यरत २१ जना मजदुरहरु लकडाउनको प्रभावका कारण हिँडेरै आफ्नो घर तर्फ लागेका थिए । रेलको लिगमै बास बसेका बेला बिहान सबेरै सो घटना भएको हो ।

लकडाउनका बाबजूत गन्तव्यमा निस्केका कारण सम्भावित चुनौतीलाई समना गर्न उनीहरुले रोटी बोकेर यात्रा गरेका थिए । दुर्घटनापछि रेलको लिगमा भेटिएको रोटीले यसलाई पुष्टि गरेको छ । यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरसल भएको छ ।

बिहान ५ बजेतिर भएको सो घटनामा घाइते ५ जनाको स्थानीय महाराष्ट्र अस्पतालमा उपचार भै रहेको छ । घटनाको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुःख व्यक्त गर्दै घाइतेको उपचार तथा मृतकका परिवारलाई उचित राहत दिन रेलमन्त्रीलाई निर्देशन दिइसकेका छन् ।

तर भारतीय रेलमन्त्रीले भने रेलका चालकले लिगमा मजदुरहरु सुतेका देखेर रेल रोक्न खोजेको भएपनि रेल तीव्र गतिमा रहेका कारण नियन्त्रण गर्न नसकिएको प्रतिक्रिया दिएका छन् । भारतमा आगामी मे १७ तारिखसम्मका लागि लकडाउन लम्बिएपछि मजदुरहरु हप्तौ लगाएर हिँडेरै आफ्नो घर गाउँ फर्कन थालेका छन् ।

मृतक सबै भारतको महाराष्ट्र जिल्लाका छन् । घटनाको स्थानीय वासिन्दाले तीब्र विरोध जनाएका छन् । दैनिक उपभोग्य सामग्री लिएर आएको सो मालबाहक रेलका चालकलाई नियन्त्रणमा लिएर अहिले प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त

२०७७ श्रावण ८ गते बिहिबार

२३ जुलाई, २०२०काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी शव...

धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को...

७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित) ७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित)

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०काठमाडौं । विगत ७ वर्षदेखि नेपालका विभिन्न...

Top