Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०
नयाँदिल्ली । भारतमा रेलले किचेर १६ जना मजदुरको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार भारतमा जारी लकडाउनको चपेटमा परेका मजदुरहरु हिँडेरै घर जाने क्रममा स्थानीय औरंगाबादमा रेलको लिगमा बास बसेका थिए । बिहान ५ बजेतिर मजदुर सुतिरहेका बेला एक्कासी आएको रेलले किच्दा उनीहरुको घटनास्थमै ज्यान गएको हो ।

रेलको लिगमा सुतिरहेका बेला एक्कासी रेल उनीहरुको शरीरमाथिबाट गुडेको थियो । महाराष्ट्रमा भएको सो घटनामा अरु ५ जना घाइते भएका छन् । स्थानीय स्टील कारखानामा कार्यरत २१ जना मजदुरहरु लकडाउनको प्रभावका कारण हिँडेरै आफ्नो घर तर्फ लागेका थिए । रेलको लिगमै बास बसेका बेला बिहान सबेरै सो घटना भएको हो ।
लकडाउनका बाबजूत गन्तव्यमा निस्केका कारण सम्भावित चुनौतीलाई समना गर्न उनीहरुले रोटी बोकेर यात्रा गरेका थिए । दुर्घटनापछि रेलको लिगमा भेटिएको रोटीले यसलाई पुष्टि गरेको छ । यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरसल भएको छ ।

बिहान ५ बजेतिर भएको सो घटनामा घाइते ५ जनाको स्थानीय महाराष्ट्र अस्पतालमा उपचार भै रहेको छ । घटनाको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुःख व्यक्त गर्दै घाइतेको उपचार तथा मृतकका परिवारलाई उचित राहत दिन रेलमन्त्रीलाई निर्देशन दिइसकेका छन् ।
तर भारतीय रेलमन्त्रीले भने रेलका चालकले लिगमा मजदुरहरु सुतेका देखेर रेल रोक्न खोजेको भएपनि रेल तीव्र गतिमा रहेका कारण नियन्त्रण गर्न नसकिएको प्रतिक्रिया दिएका छन् । भारतमा आगामी मे १७ तारिखसम्मका लागि लकडाउन लम्बिएपछि मजदुरहरु हप्तौ लगाएर हिँडेरै आफ्नो घर गाउँ फर्कन थालेका छन् ।
मृतक सबै भारतको महाराष्ट्र जिल्लाका छन् । घटनाको स्थानीय वासिन्दाले तीब्र विरोध जनाएका छन् । दैनिक उपभोग्य सामग्री लिएर आएको सो मालबाहक रेलका चालकलाई नियन्त्रणमा लिएर अहिले प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो
२०७७ असार ११ गते बिहिबार
२५ जुन, २०२०तानसेन, पाल्पा । पाल्पा जिल्लाका १० वटै...
युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...
७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा
२०७५ चैत्र १२ गते मंगलबार
२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन...
अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन जित नजिक
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०न्यूयोर्क, अमेरिका । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई...
Top