Best Khabar Team | २०७७ फाल्गुन २२ गते शनिबार
०६ मार्च, २०२१
काठमाडौं । नेपालमा भोलिबाट ६५ वर्ष उमेर समूहमाथिका सबैलाई दिइने भएको छ। यसअघि पहिलो चरणमा कोरोना नियन्त्रणको लागि अग्रमोर्चामा खटिएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप दिइएको भएपनि भोलि आइतबारबाट भने देशभरका ६५ वर्ष उमेर नाघेका सबैलाई यो खोप दिन शुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान १० बजे कोरोना विरुद्धको खोप लगाएर गर्ने भएका छन् ।

भोलिबाट शुरु हुन लागेको खोप अभियान दोश्रो चरणको अभियान रहेको र यस अभियानमा उमेरले ६५ वर्ष लागेका देखि माथिका सबैलाई सहभागि गराइने छ । सरकारले कोरोना विरुद्धको खोप अनिवार्य नगरेको भएपनि यो लगाउँदा आफू, आफ्नो परिवार तथा समाजलाई कोरोनाबाट सुरक्षित राख्न सकिने छ । कोरोना विरुद्धको खोप लगाउँदा ‘सामान्य’ बाहेक अन्य कुनै प्रतिकुल असर नपर्ने भन्दै सरकारले सबैलाई यो खोप अभियानमा सहभागी हुन भने सबैलाई आग्रह गरेको छ । यसअघि सरकारका मन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले कोरोना विरुद्धको खोप लगाईसकेका छन् ।
यसैबीच कोरोना विरुद्धको खोप अभियानको दोश्रो चरण शुरुहुने दिन नै भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभ्यास भ्याक्सिन पनि नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भोलि ३ लाख ४८ हजार डोज खोप नेपाल आउने छ । यसअघि सरकारले दोश्रो चरणमा ५५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने तयारी गरेको भएपनि सबैलाई खोप तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले ६५ वर्ष माथिकालाई मात्रै खोप दिने तयारी गरेको हो ।
सरकारले यसअघि पहिलो चरणमा १० लाख डोज खोप ल्याएको थियो । पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको सरसफाईमा खटिएका कर्मचारी, कोरोनाका विरामी तथा कोरोनाका कारण ज्यान गुमाउनेको अन्त्येष्टिमा सहभागी स्वयंसेवक, एम्बुलेन्स तथा शवबहान चालक, पत्रकारलगायतलाई कोरोना विरुद्धको खोप लगाईएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा कोरोना : लण्डनमा फेरि अर्का नेपालीको निधन, मृतक नेपालीको संख्या ९ पुग्यो
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० साउथइस्ट । बेलायतमा कोरोनाको संक्रमणबाट अर्का...
रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प
२०७६ चैत्र १२ गते बुधबार
२५ मार्च, २०२० मस्को । विश्वमा कोरोना भाइरसले प्रकोपको...
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...
१६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०साल्मिया, कुबेत । अन्ततः महिनौदेखि कुवेतमा अलपत्र...
Top