नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

Best Khabar Team | २०७७ जेठ १५ गते बिहिबार


२८ मे, २०२०
काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप १ सय ५६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज रौतहटमा २०, दोलखामा २, सोलुखुम्बुमा १, बझाङमा १ र सुर्खेतमा १३ संक्रमित भेटिएका हुन् । सम्बन्धित जिल्लास्थित प्रयोगशाला र काठमाडौंको केन्द्रीय प्रयोशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो ।

फाइल तस्वीर : स्वास्थ्य मन्त्रालय

यस्तै, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका१४, मकवानपुरका १, बर्दियाका ३, बाँकेका १, झापाका २५, सर्लाहीका ७ र सिरहाका ६ जनापनि कोरोनाको संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दैलेखमा ८, कैलालीमा २, दार्चुलामा १, स्याङ्जामा ३, नवलपुरमा १ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको छ । संक्रमित सबैको अवस्था अहिलेसम्म सामान्य रहेको मन्त्रालयको भनाई छ । आज थप भएका १ सय ५६सँगै अब नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । हिजो मृत्यु भएका ललितपुरका एक ५६ वर्षका पुरुषको मृत्यु कोरोनाकै कारण भएको पुष्टि मन्त्रालयले गरेको छ ।

मन्त्रालयले गरेको यो पुष्टिसँगै अब देशभर कुल ५ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् । केहीदिनयता भारतबाट हजारौंका संख्यामा नेपालीहरु घर फर्केका कारण संक्रमितको संख्या पनि ह्वात्तै बढेको मन्त्रालयको भनाई छ । अहिले भारतमा मजदुरीमा गएका हजारौं नेपालीहरु दैनिक सिमावर्ती नाकाबाट नेपाल फर्किइरहेका छन् । जसका कारण कोरोनाको संक्रमणको जोखिम बढ्दै गएको छ । भारतमा हालसम्म ४ हजार ५ सय ४० जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै १ लाख ५८ हजार ६ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोना संक्रमण नरोकिँदा सम्म खुल्लासिमाका कारण नेपालमा पनि कोरोनाको संक्रमण रोकिने सम्भावना नरहेको विज्ञहरुले बताउँदै आएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित) नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...

नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो

२०७७ जेठ ११ गते आइतबार

२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती...

सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’ सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको...

तनहुँका विभिन्न स्थानमा पहिरो, १० जना वेपत्ता, २ को शव भेटियो तनहुँका विभिन्न स्थानमा पहिरो, १० जना वेपत्ता, २ को शव भेटियो

२०७७ असार २९ गते सोमबार

१३ जुलाई, २०२०दमौली, तनहुँ । जिल्लाको विभिन्न स्थानमा विगत...

Top