नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

Best Khabar Team | २०७७ जेठ १५ गते बिहिबार


२८ मे, २०२०
काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप १ सय ५६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज रौतहटमा २०, दोलखामा २, सोलुखुम्बुमा १, बझाङमा १ र सुर्खेतमा १३ संक्रमित भेटिएका हुन् । सम्बन्धित जिल्लास्थित प्रयोगशाला र काठमाडौंको केन्द्रीय प्रयोशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो ।

फाइल तस्वीर : स्वास्थ्य मन्त्रालय

यस्तै, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका१४, मकवानपुरका १, बर्दियाका ३, बाँकेका १, झापाका २५, सर्लाहीका ७ र सिरहाका ६ जनापनि कोरोनाको संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दैलेखमा ८, कैलालीमा २, दार्चुलामा १, स्याङ्जामा ३, नवलपुरमा १ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको छ । संक्रमित सबैको अवस्था अहिलेसम्म सामान्य रहेको मन्त्रालयको भनाई छ । आज थप भएका १ सय ५६सँगै अब नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । हिजो मृत्यु भएका ललितपुरका एक ५६ वर्षका पुरुषको मृत्यु कोरोनाकै कारण भएको पुष्टि मन्त्रालयले गरेको छ ।

मन्त्रालयले गरेको यो पुष्टिसँगै अब देशभर कुल ५ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् । केहीदिनयता भारतबाट हजारौंका संख्यामा नेपालीहरु घर फर्केका कारण संक्रमितको संख्या पनि ह्वात्तै बढेको मन्त्रालयको भनाई छ । अहिले भारतमा मजदुरीमा गएका हजारौं नेपालीहरु दैनिक सिमावर्ती नाकाबाट नेपाल फर्किइरहेका छन् । जसका कारण कोरोनाको संक्रमणको जोखिम बढ्दै गएको छ । भारतमा हालसम्म ४ हजार ५ सय ४० जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै १ लाख ५८ हजार ६ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोना संक्रमण नरोकिँदा सम्म खुल्लासिमाका कारण नेपालमा पनि कोरोनाको संक्रमण रोकिने सम्भावना नरहेको विज्ञहरुले बताउँदै आएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन

२०७६ पुष ९ गते बुधबार

२५ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशभरका सबै छाउगोठ...

काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले...

कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...

विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित) विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित)

२०७६ माघ १७ गते शुक्रबार

३१ जनवरी, २०२० एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको...

Top