Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१
न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको ‘सिंगल डोज’ भ्यासिक्नलाई प्रमाणित गरेको छ । साथै अमेरिकी स्वास्थ्य अधिकारीहरुले यो खोप अन्य खोपको तुलनामा बढी प्रभावकारी र छरितो रहेको बताएका छन् । हालै अमेरिकी स्वास्थ्य अधिकारीहरुले गरेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएसँगै जोन्सन एण्ड जोन्सन कम्पनीको यो ‘सिंगल डोज’ (एकचोटी मात्रै लगाए पुग्ने) भ्याक्सिन हालसम्म ८५ प्रतिशत सम्म प्रभावकारी रहेको छ ।

हालसम्म बजारमा आएका अन्य कोरोना भाइरस विरुद्धका खोप भने कम्तीमा २ पटक (दुई डोज) लगाउनै पर्दछ । तर अमेरिकाको न्यूजर्सीमा मुख्यालय रहेको जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो ‘सिंगल डोज’ खोप भने एकपटक लगाएपछि पुग्दछ । अमेरिकाको ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले आइतबार जारी गरेको विज्ञप्ति अनुसार दक्षिण अफ्रिकी मुलुक तथा बेलायतलगायतका स्थानमा देखिएको कोरोनाको भेरिएन्ट स्वरुप नियन्त्रणका लागि पनि यो भ्याक्सिन प्रभावकारी रहेको बताएको छ ।
यो भ्याक्सिन विशेष गरी विभिन्न खालका दीर्घ रोगका शिकार भएका, गम्भीर विरामी भएर अस्पतालहरुलाई समेत उनीहरुको अवस्था र चिकित्सकको सल्लाह अनुसार लगाउन सकिने विज्ञहरुको भनाई छ । अमेरिकाको ‘नेशनल इन्टिच्यूट अफ हेल्थ (एनआईएच) डाइरेक्टर डा. फ्रान्सिस कोलिन्सका अनुसार जोन्सोन एण्ड जोन्सोन कम्पनीको खोपले एक डोजमै प्रभावकारी रुपले काम गर्ने भएपनि यो खोपले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास अमेरिकी चिकित्सकहरुले लिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै
२०७७ चैत्र ११ गते बुधबार
२४ मार्च, २०२१नयाँदिल्ली, भारत । भारतमा कोरोना भाइरस संक्रमणको...
करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै
२०८० कार्तिक १७ गते शुक्रबार
०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई...
एकैदिन झण्डै साढे ४ सय जना नयाँ संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५ हजार नाघ्यो
२०७७ जेठ ३० गते शुक्रबार
१२ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप...
‘लकडाउन’मा थप कडाई
२०७६ चैत्र २२ गते शनिबार
०४ मार्च, २०२०काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)लाई अझै प्रभावकारी...
Top