‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी

Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार


२८ फेब्रुअरी, २०२१
न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको ‘सिंगल डोज’ भ्यासिक्नलाई प्रमाणित गरेको छ । साथै अमेरिकी स्वास्थ्य अधिकारीहरुले यो खोप अन्य खोपको तुलनामा बढी प्रभावकारी र छरितो रहेको बताएका छन् । हालै अमेरिकी स्वास्थ्य अधिकारीहरुले गरेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएसँगै जोन्सन एण्ड जोन्सन कम्पनीको यो ‘सिंगल डोज’ (एकचोटी मात्रै लगाए पुग्ने) भ्याक्सिन हालसम्म ८५ प्रतिशत सम्म प्रभावकारी रहेको छ ।

हालसम्म बजारमा आएका अन्य कोरोना भाइरस विरुद्धका खोप भने कम्तीमा २ पटक (दुई डोज) लगाउनै पर्दछ । तर अमेरिकाको न्यूजर्सीमा मुख्यालय रहेको जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो ‘सिंगल डोज’ खोप भने एकपटक लगाएपछि पुग्दछ । अमेरिकाको ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले आइतबार जारी गरेको विज्ञप्ति अनुसार दक्षिण अफ्रिकी मुलुक तथा बेलायतलगायतका स्थानमा देखिएको कोरोनाको भेरिएन्ट स्वरुप नियन्त्रणका लागि पनि यो भ्याक्सिन प्रभावकारी रहेको बताएको छ ।

यो भ्याक्सिन विशेष गरी विभिन्न खालका दीर्घ रोगका शिकार भएका, गम्भीर विरामी भएर अस्पतालहरुलाई समेत उनीहरुको अवस्था र चिकित्सकको सल्लाह अनुसार लगाउन सकिने विज्ञहरुको भनाई छ । अमेरिकाको ‘नेशनल इन्टिच्यूट अफ हेल्थ (एनआईएच) डाइरेक्टर डा. फ्रान्सिस कोलिन्सका अनुसार जोन्सोन एण्ड जोन्सोन कम्पनीको खोपले एक डोजमै प्रभावकारी रुपले काम गर्ने भएपनि यो खोपले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास अमेरिकी चिकित्सकहरुले लिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा...

४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो ४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स...

याङ्गुनका सडकमा ओर्लियो मानव सागर ! याङ्गुनका सडकमा ओर्लियो मानव सागर !

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’...

कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०बाँके । नेपालको कर्णाली प्रदेशका थप २...

Top