पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त

Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार


०६ नोभेम्बर, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ३ सय ३८ जनासहित देशका विभिन्न जिल्लामा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएका मध्ये पछिल्लो २४ घण्टामा थप १८ जनाको ज्यान गएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएकामा १ हजार ७ सय ७६ जना पुरुष र १ हजार १ सय ३३ जना महिला रहेका छन् ।

यस अवधिमा थप ४ हजार ५ सय जना कोरोना मुक्त भएर घर फर्केका छन् । यस्तै देशभर कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ । यो तथ्यांकमा कोरोना संक्रमणमा परी मृत्यु भएकाहरुको संख्यासमेत समावेश गरिएको छ ।

पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको...

गुठी विधेयकविरुद्ध विश्व हिन्दु युवासंघ आन्दोलनमा गुठी विधेयकविरुद्ध विश्व हिन्दु युवासंघ आन्दोलनमा

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं ।सनातन हिन्दु धर्म संस्कृति खत्तम...

रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने...

जोडियो पोखरा–विराटनगर हवाई सेवा जोडियो पोखरा–विराटनगर हवाई सेवा

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित...

Top