Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ३ सय ३८ जनासहित देशका विभिन्न जिल्लामा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएका मध्ये पछिल्लो २४ घण्टामा थप १८ जनाको ज्यान गएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएकामा १ हजार ७ सय ७६ जना पुरुष र १ हजार १ सय ३३ जना महिला रहेका छन् ।
यस अवधिमा थप ४ हजार ५ सय जना कोरोना मुक्त भएर घर फर्केका छन् । यस्तै देशभर कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ । यो तथ्यांकमा कोरोना संक्रमणमा परी मृत्यु भएकाहरुको संख्यासमेत समावेश गरिएको छ ।
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ...
दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस
२०७६ मंशिर २४ गते मंगलबार
१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी...
विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, तुलाधरले पहिरिइन् ताज
२०७५ चैत्र ९ गते शनिबार
२३ अप्रिल, २०१९ काठमाडौं । विभिन्न उमेर र पेशालाई...
मिसेस् युनिभर्समा अनिलालाई ‘मिसेस् लोयल’को उपाधी
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । विश्वका ९० देशका विवाहिता...
Top