Best Khabar Team | २०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९
काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन घट्दै गएपनि नेपालमा भने इन्टरनेटको मूल्य बढ्ने भएको छ । आगामी साउन १ गतेदेखि लागूहुने गरी इन्टरनेट सेवा प्रदायकहरुले मूल्य बढाउन लागेका हुन् । गतवर्ष सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत महशुल थप गरेकोमा सेवा प्रदायकहरुले यो आर्थिक वर्षबाट लागूहुने गरी इन्टरनेटको मूल्य बढाउन लागेका हुन् ।
आगामी साउन १ गतेदेखि लागूहुने गरी इन्टरनेट सेवामा २० प्रतिशत बढी शुल्क लगाउने तयारीमा इन्टरनेट सेवा प्रदायकहरु जुटेका हुन् । गत वर्ष सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत महशुल शुल्क थप गरेको थियो । यो महशुल सेवा प्रदायकले वेहोर्नुपर्ने निर्णय गरेपछि तत्कालीन अवस्थामा मूल्यबृद्धि गर्ने योजनामा उनीहरु रहेपनि यसको विरोध भएको थियो । तर चालु आर्थिक वर्षको बजेटमार्फत बढाइएको कर नउठेपछि अब सरकारले सर्वसाधारणसँग उठाउन खोजेको इन्टरनेट सेवा प्रदायक सङ्घले जनाएको छ ।
यद्यपि नेपालले इन्टरनेटकोे मूल्य बढाउनु अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियू) सँग गरेको प्रतिवद्धता विपरितको कार्य हो । यसअघि नेपालले दूरसञ्चार सेवालाई सस्तो, गुणस्तरीय र दीगो विकासको आधार बनाउने भनेर आइटियूसँग प्रतिबद्धता गरेपनि मूल्य बृद्धिसँगै यो सम्झौता विपरितको काम हुनेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनको राजधानी बेइजिङका एकदर्जन आवासीय क्षेत्रमा ‘लकडाउन’, विद्यालय पनि बन्द
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको...
तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । कोरोनाको बहानामा देशका विभिन्न जिल्लामा...
जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड...
बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता
२०७७ भाद्र १८ गते बिहिबार
०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट...
Top