Best Khabar Team | २०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९
काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन घट्दै गएपनि नेपालमा भने इन्टरनेटको मूल्य बढ्ने भएको छ । आगामी साउन १ गतेदेखि लागूहुने गरी इन्टरनेट सेवा प्रदायकहरुले मूल्य बढाउन लागेका हुन् । गतवर्ष सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत महशुल थप गरेकोमा सेवा प्रदायकहरुले यो आर्थिक वर्षबाट लागूहुने गरी इन्टरनेटको मूल्य बढाउन लागेका हुन् ।
आगामी साउन १ गतेदेखि लागूहुने गरी इन्टरनेट सेवामा २० प्रतिशत बढी शुल्क लगाउने तयारीमा इन्टरनेट सेवा प्रदायकहरु जुटेका हुन् । गत वर्ष सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत महशुल शुल्क थप गरेको थियो । यो महशुल सेवा प्रदायकले वेहोर्नुपर्ने निर्णय गरेपछि तत्कालीन अवस्थामा मूल्यबृद्धि गर्ने योजनामा उनीहरु रहेपनि यसको विरोध भएको थियो । तर चालु आर्थिक वर्षको बजेटमार्फत बढाइएको कर नउठेपछि अब सरकारले सर्वसाधारणसँग उठाउन खोजेको इन्टरनेट सेवा प्रदायक सङ्घले जनाएको छ ।
यद्यपि नेपालले इन्टरनेटकोे मूल्य बढाउनु अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियू) सँग गरेको प्रतिवद्धता विपरितको कार्य हो । यसअघि नेपालले दूरसञ्चार सेवालाई सस्तो, गुणस्तरीय र दीगो विकासको आधार बनाउने भनेर आइटियूसँग प्रतिबद्धता गरेपनि मूल्य बृद्धिसँगै यो सम्झौता विपरितको काम हुनेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२१ वर्षपछि भारतमा भीषण आँधी, पश्चिम बंगालमा १० को मृत्यु, लाखौंको संरचना क्षतिग्रस्त
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०नयाँदिल्ली । १ सय ९० किलोमिटर प्रतिघण्टाको...
थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र, छाप्रे टहरा भत्काइने
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथ क्षेत्र...
संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ कोपनहेगन/डेनमार्कमा हुन लागेको आसन्न संसदीय चुनावको...
सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना...
Top