Best Khabar Team | २०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१
नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने नाइजेरियाको उत्तरपश्चिममा अवस्थित जम्फरा राज्यको एक विद्यालयमा हतियारधारीहरुले आक्रमण गरेका छन् । सरकारी पोशाक लगाएर आएका सयौंका संख्यामा रहेका हतियारधारीहरुले आज बिहान स्थानीय समय अनुसार आज बिहानको समयमा विद्यालय सञ्चालन भै रहेका बेला घेरा हालेर आक्रमण गरेका थिए ।

अत्याधुनिक बन्दुक तथा अन्य हतियारसहित विद्यालय पुगेका हतियारधारीहरुले विद्यालयलाई पूर्णरुपमा नियन्त्रणमा लिनुका साथै त्यहाँ रहेका विभिन्न कक्षामा अध्ययनरत ३ सय भन्दा बढी छात्राहरुलाई ‘अपहरण’ गरेको विविसीले उल्लेख गरेको छ । हतियारधारी समूहले विद्यालयमा आक्रमण गरेलगत्तै छात्राहरुलाई गाडीमा हालेर लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यद्यपि यो घटनाको बारेमा विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।
विशेष गरी विद्यार्थीहरुलाई अपहरण गरी उनीहरुको परिवारसँग मोटो रकम फिरौती माग्ने काममा हतियारधारी समूह संलग्न हुँदै आएका छन् । यसअघि छिमेकी राज्य नाइजरको एक विद्यालयमा पनि केही छात्राहरुको अपहरण गरेको थियो । अपहरणमा परेका केही छात्रालाई छाडेपनि अहिले पनि दर्जनौ छात्रा अपहरणकारीहरुकै पञ्जामा रहेको बताइएको छ ।
नाइजेरियामा विगत लामो समयदेखि अपहरणकारीहरुले विभिन्न खालको अपहरणको घटना घटाउँदै आएका छन्।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो
२०७७ असार ११ गते बिहिबार
२५ जुन, २०२०तानसेन, पाल्पा । पाल्पा जिल्लाका १० वटै...
यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ काठमाडौं । यसवर्षको मिस टुरिजम–२०१९ को...
कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...
भर्ना र अनलाईन कक्षाको नाममा विद्यार्थीसँग शुल्क नलिन विद्यालयहरुलाई सरकारको निर्देशन
२०७७ बैशाख २२ गते सोमबार
०४, मे, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणका...
Top