प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला प्रत्यारोपण हुँदै

Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार


०२ मार्च, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक मृगौला प्रत्यारोपण गरिने भएको छ । पछिल्लो केही महिनादेखि मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले नियमित रुपमा मृगौलाको डाइलाइसिस गरिरहेका छन् । प्रधानमन्त्री ओलीको यो दोश्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो ।

मृगौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि बुबाबाट आर्शिवाद लिँदै प्रधानमन्त्री ओली

यसअघि २०६४ सालमा उनको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसका लागि प्रधानमन्त्री ओली आज साँझ राजधानीको शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

आगामी बुधबारका लागि तय भएको उनको मृगौला प्रत्यारोपणका लागि भान्जी नाता पर्ने एक महिलाले मृगौला दान गर्दैछिन् । ओलीलाई मृगौला दिन उनकी भान्जी पनि आजै अस्पताल भर्ना भएकी छन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेका चिकित्सकहरुले गर्नेछन् ।

मृगौला प्रत्यारोपण पश्चात् कम्तीमा ७ दिन ओली अस्पतालमा रहने भएका छन् । यसअघि प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्रत्यारोपण भएको थियो । त्यतिबेला भारतको एपोलो अस्पतालका चित्कित्सकहरुको टोलीले उनको मृगौला प्रत्यारोपण गरेको थियो । यसपटक पनि भारतको सो अस्पतालबाट चिकित्सकहरुलाई बोलाउने तयारी भएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०मान्मा । कालीकोटको लालीघाटमा आज भएको टिप्पर...

फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० काठमाडौं । सरकारले भव्य कार्यक्रम गरी...

काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक

२०७७ जेठ २० गते मंगलबार

०२ जुन, २०२०काठमाडौै । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल...

१६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’ १६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०साल्मिया, कुबेत । अन्ततः महिनौदेखि कुवेतमा अलपत्र...

Top