Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०
काठमाडौं । सरकारले गएको चैत्र ५ गतेपछि बन्द रहेको र कोरोना संक्रमितलाई लक्षित गर्दै बनाइएको देशभरका विद्यालयको क्वारेन्टाइन स्थल हटाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्री परिषद्को बैठकले देशभरका विद्यालयमा रहेका क्वारेन्टाइन स्थल र आइसोलेसन स्थललाई हटाउने निर्णय गरेको हो ।

गत चैत्र ५ गते देशभर लकडाउन शुरुभएसँगै सरकारले देशका दर्जनौं विद्यालयहरुलाई क्वारेन्टाइन स्थल र आइसोलेसनको रुपमा विकसित गरेको थियो । सम्भावित कोरोना जोखिम र त्यसको व्यवस्थापनका लागि भन्दै सरकारले देशका सबै प्रदेशका विभिन्न वडामा रहेका विद्यालयहरुमा क्वारेन्टाइन कक्ष र आइसोलेसन कक्ष बनाएको थियो । विशेष गरी तराईका जिल्लाहरुमा धेरै मात्रामा विद्यालयहरु यो प्रयोजनका लागि प्रयोग गरिएको छ ।
भारतमा काम गरेर फर्कने तराई क्षेत्रका नागरिकलाई लक्षित गर्दै नेपाल भारत सिमावर्ती तराईका जिल्लाहरुका सयौं विद्यालयहरुमा अहिले पनि क्वारेन्टाइन र आइसोलेसन कक्ष रहेको छ । तर सरकारले अब भदौ १ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न र अवस्था हेरेर विद्यालय सञ्चालनको तयारी गरेसँगै देशभरका आइसोलसन र क्वारेन्टाइन सेन्टर हटाउने निर्णय गरेको हो ।
आइसोलेसन केन्द्र हटाएसँगै ती क्षेत्रमा आवश्यक सरसफाई तथा भाईरसको संभावित जोखिमलाई हटाउन राम्ररी निर्मलीकरण गर्नका लागि पनि सम्बन्धित गाउँपालिका तथा नगरपालिकालाई आग्रह गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । सरकारले भदौ १ गतेदेखि देशभरका विद्यालयमा भर्ना अभियान शुरु गर्ने तयारी गरेसँगै विद्यालयहरुले पनि पाठ्यपुस्तक वितरण तथा अन्य आवश्यक तयारी अघि बढाएका छन् । यद्यपि नेपालमा कोरोनाको जोखिम बढ्दै गएका कारण तत्काल विद्यालयहरुमा पठनपाठन हुनेमा भने आशंका नै देखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बाजुरामा कोरोना राहतमा व्यापक भ्रष्टाचार : ७ किलो चामल हातमा, हस्ताक्षर भने ३० किलो बुझेको भन्दै गर्न लगाईयो
२०७७ असार ४ गते बिहिबार
बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९...
गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु
२०७७ श्रावण १७ गते शनिबार
०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर...
चरित्र अभिनेता ठकुरीको निधन
२०७७ जेठ १८ गते आइतबार
३१ मे, २०२०काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरी आज...
बाजुरामा दुई वर्षकी बालिकाको कोरोना संक्रमणका कारण मृत्यु : मृतकको संख्या ८ पुग्यो
२०७७ जेठ १८ गते आइतबार
३१ मे, २०२०मार्तडी । सुदुरपश्चिमको बाजुरा जिल्लामा दुई वर्षकी...
Top