५५ वर्षमाथिका सबैलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सरकारको तयारी

Best Khabar Team | २०७७ फाल्गुन १० गते सोमबार


२२ फेब्रुअरी, २०२१
काठमाडौं । सरकारले ५५ वर्षमाथिका उमेर समूहका सबै नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप अभियानमा सहभागी गराउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी फागुनको तेश्रो सातादेखि देशभरका करिब ४० लाख ५५ वर्ष उमेरमाथिका नागरिकहरुलाई खोप दिने तयारी गरेको हो । तर यो खोप अनिवार्य भने होइन । कोरोना भाइरस विरुद्ध लड्नका लागि हालसम्म प्रभावकारी मानिँदै आएको यो खोपलाई २ चरणमा लगाउनुपर्ने हुन्छ ।

सरकारले फागुनको २३ गतेदेखि दोश्रो चरणको खोप अभियान शुरु गर्ने तयारी गर्दै सो दिनदेखि ५५ वर्ष उमेर माथिका सबैलाई खोप दिने तयारी गरेको मन्त्रालयले जनाएको छ । यस्तै पहिलो चरणमा कोरोनाको खोप लिएका सबैलाई अनिवार्य रुपमा दोश्रो चरणको खोप दिने तयारी पनि सरकारले गरेको छ । यसका लागि पहिलो खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । दोश्रो चरणको लागि आवश्यक पर्ने करिब १० लाख डोज खोप हिजो सरकारले भारतबाट ल्याईसकेको छ । हाल देशभर सञ्चालनमा रहेका विभिन्न खोप केन्द्रहरुबाट यसअघि लगाइएको खोपको कार्डको आधारमा दोश्रो डोज खोप दिने सरकारको भनाई छ ।

दोश्रो चरणमा भने उमेरले ५५ पुगेका सबै नागरिकलाई यो खोप लगाउनका लागि खोप केन्द्रहरुलाई तयारी थाल्न सरकारले आग्रह गरेको छ । उमेरले ५५ वर्ष माथिका नागरिकहरु कतिपय दीर्घरोगी तथा अशक्त हुने भएकोले सरकारले खोप केन्द्रको विस्तार गर्दै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा तथा गाउँसम्म नै स्वास्थ्यकर्मीहरुको सेवा विस्तारको तयारी सरकारको छ ।

खोपको पहिलो डोज फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईमा खटिएका कर्मचारी, पत्रकार एम्बुलेन्स तथा शवबाहनचालक तथा कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिएकालगायतलाई प्रदान गरिएको थियो । दोश्रो चरणमा भने उमेरले ५५ पुगेका सबै नागरिकलाई यो खोप लगाउनका लागि खोप केन्द्रहरुलाई तयारी थाल्न सरकारले आग्रह गरेको छ । उमेरले ५५ वर्ष माथिका नागरिकहरु कतिपय दीर्घरोगी तथा अशक्त हुने भएकोले सरकारले खोप केन्द्रको विस्तार गर्दै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा तथा गाउँसम्म नै स्वास्थ्यकर्मीहरुको सेवा विस्तारको तयारी सरकारको छ ।

देशभर करिब ४० लाखको हाराहारीमा ५५ वर्ष उमेर माथिका नागरिकहरु रहेको बताइएको छ । त्यसका लागि आवश्यक पर्ने खोप पनि छिट्टै सम्बन्धित केन्द्रहरुमा पु¥याउने सरकारको तयारी छ । सरकारले भारतबाट पहिलो चरणमा प्राप्त १० लाख डोज खोपमध्ये अहिलेसम्म ४ लाखको हाराहारीमा मात्रै खपत भएको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दक्षिण एसियाली खेलकुदको  पुरुष फुटबल खेलमा नेपाललाई स्वर्णपदक दक्षिण एसियाली खेलकुदको पुरुष फुटबल खेलमा नेपाललाई स्वर्णपदक

२०७६ मंशिर २४ गते मंगलबार

११ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली...

थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२०काठमाडौं । केहीसाता अघि काठमाडौंका विभिन्न ठाउँबाट...

धादिङ्गमा जीप दुर्घटना, ४ को मृत्यु, १२ घाइते धादिङ्गमा जीप दुर्घटना, ४ को मृत्यु, १२ घाइते

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१९ धादिङ्ग । धादिङ्गको गजुरी गाउँपालिकामा जीप...

कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए

२०७७ भाद्र १८ गते बिहिबार

०३ सेप्टेम्बर, २०२०नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै...

Top