नेपालमै पहिलो पटक धार्मिक महत्व बोकेको ‘सुनौलो रंगको कछुवा’ भेटियो

Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार


२१ अगस्ट, २०२०
जनकपुर, धनुषा । नेपालमा पहिलो पटक स्वर्ण (सुनौलो रंगको) कछुवा फेला परेको छ । विश्वमा विरलै भेटिने र भगवान विष्णुको स्वरुप मानिने स्वर्ण रंगको कछुवा तराईको धनुषा जिल्लामा हालै फेला परेको हो । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका एक स्थानीयले पहिलोपटक यो रंगको कछुवा देखेपछि स्थानीयले यसको जानकारी पाएका थिए ।

यसअघि यस्तो रंगको कछुवा विश्वमा हालसम्म ४ पटक मात्रै देखा परेको पशुपंक्षीको बारेमा विशेष अध्ययन गर्दै आएका विज्ञहरुको भनाई छ । नेपलमा भने यो पहिलोपटक देखिएको बताइएको छ । विभिन्न धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार पृथ्वीमा विभिन्न खाले संकट देखापरेका बेला त्यसबाट जोगाउनका लागि भगवान् विष्णुले स्वर्ण रंगको कछुवाको रुप लिएर पृथ्वीमा अवतरण गर्नेछन् ।

जसलाई भगवान् विष्णुको कुर्म अवतारको रुपमा पनि पुराणहरुमा उल्लेख गरिएको छ । यसैले स्वर्ण कछुवालाई भगवान् विष्णुकै रुपमा मान्ने प्रचलन रहेको छ । नेपालको धनुषा जिल्लामा फेला परेको स्वर्ण रंगको कछुवाको बारेमा अन्र्तराष्ट्रिय सञ्चारमाध्यम डेलिमेलले निक्कै महत्वका साथ समाचार छापेको छ



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...

धादिङ् गजुरीमा स्कुटर दुर्घटना, अभिनेत्री महिमा र उनकी बहिनीको निधन धादिङ् गजुरीमा स्कुटर दुर्घटना, अभिनेत्री महिमा र उनकी बहिनीको निधन

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२० धादिङ् । गएराति पृथ्वी राजमार्ग अन्र्तगत...

कोरोनाको विश्वव्यापी प्रकोप : नेपालसहित विश्वभर १ सय १७ नेपालीको मृत्यु कोरोनाको विश्वव्यापी प्रकोप : नेपालसहित विश्वभर १ सय १७ नेपालीको मृत्यु

२०७७ जेठ ११ गते आइतबार

२४ मे, २०२०वेस्टह्याम, बेलायत । विश्वव्यापी रुपमा फैलिएको कोरोना...

मारवाडी समुदायका आदर्श युवा: जो बनाउँदैछन् महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’ मारवाडी समुदायका आदर्श युवा: जो बनाउँदैछन् महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’

२०७७ बैशाख ५ गते शुक्रबार

रमेश लम्साल/ प्रदीपराज वन्त (रासस ) – झुस्स दारी...

Top