Best Khabar Team | २०८० कार्तिक ११ गते शनिबार
२८ अक्टोबर, २०२३
गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको समूहिक हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल पुगेको छ । बाँकेको कोहलपुलबाट तालिमप्राप्त कुकुरसहित प्रहरी अधिकारीहरुको विशेष टोली आज बिहान स्थानीय मुन्दु गाउँ पुगेका हो । टोलीले आजैबाट घटनाको विषयमा विस्तृत अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

शुक्रबारदेखि स्थानीय प्रहरीले घटनास्थललाई सिल गरेर राखेको छ । मुगेको छायाँनाथ रारा नगरपालिका–५ मुन्दु गाउँमा शुक्रबार बिहान एकै परिवारका ४ जनाको शव भेटिएको थियो । प्रहरीले दिएको जानकारी अनुसार स्थानीय २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ र १ वर्षका छोराहरु क्रमश मनोज र रहर बोहोरा तथा सात वर्षकी छोरी अप्सरा बोहोरा घरमै मृत अवस्थामा भेटिएका थिए । श्रीदेवीका श्रीमान् बैदेशिक रोजगारीमा रहेका बेला उनको परिवारका ४ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको स्थानीयले जानकारी दिएका छन् ।

मुगुको सदरमुकामदेखि ३ घन्टा टाढा रहेको मुन्दु गाउँकी श्रीदेवी माइतमा दशैंको टिका लगाएर घर फर्केकै भोलिपल्ट दुई छोरा र छोरीसहित मृत अवस्थामा भेटिएकी हुन् । उनीहरु सबैको हत्या भएको आशंका गर्दै प्रहरीले विशेष ढंगले अनुसन्धान अघि बढाएको छ । घटनामा गाउँकै व्यक्तिको संलग्नता हुनसक्ने आशंका गरिएको छ । घटना सुनेलगत्तै श्रीदेवीका श्रीमान् दिपक बोहोरा कतारबाट काठमाडौं फर्केका छन् । उनीपनि आजै साँझसम्म मुगुस्थित घर आइपुग्ने बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...
बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व...
केही सरकारी कार्यालय सातै दिन खोल्ने सरकारको निर्णय
२०७९ फाल्गुन १५ गते सोमबार
२७ फेब्रुअरी, २०२३काठमाडौं । सरकारले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै...
तिब्बत भूकम्प : हालसम्म ५३ जनाको मृत्यु, दर्जनौ घाइते
२०८१ पुष २३ गते मंगलबार
०७ जनवरी, २०२५काठमाडौं । आज बिहान छिमेकी मुलुक चीनको...
Top