मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा

Best Khabar Team | २०८० कार्तिक ११ गते शनिबार


२८ अक्टोबर, २०२३
गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको समूहिक हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल पुगेको छ । बाँकेको कोहलपुलबाट तालिमप्राप्त कुकुरसहित प्रहरी अधिकारीहरुको विशेष टोली आज बिहान स्थानीय मुन्दु गाउँ पुगेका हो । टोलीले आजैबाट घटनाको विषयमा विस्तृत अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

शुक्रबारदेखि स्थानीय प्रहरीले घटनास्थललाई सिल गरेर राखेको छ । मुगेको छायाँनाथ रारा नगरपालिका–५ मुन्दु गाउँमा शुक्रबार बिहान एकै परिवारका ४ जनाको शव भेटिएको थियो । प्रहरीले दिएको जानकारी अनुसार स्थानीय २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ र १ वर्षका छोराहरु क्रमश मनोज र रहर बोहोरा तथा सात वर्षकी छोरी अप्सरा बोहोरा घरमै मृत अवस्थामा भेटिएका थिए । श्रीदेवीका श्रीमान् बैदेशिक रोजगारीमा रहेका बेला उनको परिवारका ४ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको स्थानीयले जानकारी दिएका छन् ।

मुगुको सदरमुकामदेखि ३ घन्टा टाढा रहेको मुन्दु गाउँकी श्रीदेवी माइतमा दशैंको टिका लगाएर घर फर्केकै भोलिपल्ट दुई छोरा र छोरीसहित मृत अवस्थामा भेटिएकी हुन् । उनीहरु सबैको हत्या भएको आशंका गर्दै प्रहरीले विशेष ढंगले अनुसन्धान अघि बढाएको छ । घटनामा गाउँकै व्यक्तिको संलग्नता हुनसक्ने आशंका गरिएको छ । घटना सुनेलगत्तै श्रीदेवीका श्रीमान् दिपक बोहोरा कतारबाट काठमाडौं फर्केका छन् । उनीपनि आजै साँझसम्म मुगुस्थित घर आइपुग्ने बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ :  पूर्व सचिवपत्नीको हत्या  कामदारबाटै प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...

आपूर्ति मन्त्रीको उद्घोष : आयल निगमको जग्गा खरिदमा अनियमितता भेटिए कारबाही हुन्छ आपूर्ति मन्त्रीको उद्घोष : आयल निगमको जग्गा खरिदमा अनियमितता भेटिए कारबाही हुन्छ

२०७४ श्रावण २० गते शुक्रबार

अगस्ट ४, २०१७ काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल...

चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द...

पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो

२०७७ असार ११ गते बिहिबार

२५ जुन, २०२०तानसेन, पाल्पा । पाल्पा जिल्लाका १० वटै...

Top