अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द

Best Khabar Team | २०७७ फाल्गुन ५ गते बुधबार


१७ फेब्रुअरी, २०२१
न्यूर्योक, अमेरिका । अमेरिकाका झण्डै एक दर्जन राज्यमा स्थानीय समय अनुसार सोमबार बिहानबाट शुरुभएको हिम आँधीले वितण्डा मच्चाएको छ । अमेरिकाको टेक्सास, लुसियाना, केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइना, ओरेगनलगायतका राज्यमा हिमआँधीबाट हालसम्म २३ जनाको मृत्यु भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । आँधीका कारण लाखौं मानिसहरु प्रभावित भएका छन् भने टेक्ससलगायतका लाखौं घरमा घण्टौदेखि विद्यूत् सेवा अवरुद्ध भएको छ । आँधीले विशेष गरी अमेरिकाको मध्य तथा दक्षिणी राज्य बढी प्रभावित बनेका छन् । टेक्सास राज्यका अधिकांश घरहरुमा विद्यूत् सेवा अवरुद्ध भएको छ ।

तस्वीरहरु : इन्टरनेट ।

व्यापक हिमपातका कारण हावाबाट उत्पादन गरिएका विद्यूत्हरुको पंखामा हिउँ जमेको छ । यसका कारण हावाबाट उत्पादन हुने विद्युत् सेवा समेत अवरुद्ध भएको छ । विद्युत्सेवा अवरुद्ध भएपछि विद्युतबाट चल्ने सबै उपकरणहरुले काम गर्न छाडेका छन् । जसका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सडकमा बाक्लो हिउँ जमेका कारण गाडि चलाउन समेत समस्या परेको छ। हिमपातपछि जाडो बढेका कारण विशेष गरी बृद्दबृद्धा तथा बालबालिका बढी प्रभावित बनेका छन् । घरमा जोडिएका विद्यूतीय उपकरण चलाउन आवश्यक विद्युत् आपूर्ति बन्द भएपछि इन्टनेट, टेलिफोनलगायतका अत्यावश्यकीय सेवा समेत अवरुद्ध बन्न पुगेको छ ।

हिमआँधीका कारण विद्यालय, विश्व विद्यालयलगायतले मंगलबारका लागि पठनपाठन समेत बन्द गराएका छन् । अमेरिकामा भएको हिमपातको असर छिमेकी मुलुक मेक्सिकोमा समेत पर्न थालेको छ । मेक्सिकोका दर्जनौ शहरमा पनि हिम आँधीको असर परेको र त्यहाँ विद्युत् सेवा अवरुद्ध भएको समाचारहरुमा उल्लेख छ । हिमआँधी आउनु पाँच दिन अघि नै सरकारले कतिपय राज्यहरुमा ‘स्टेट अफ ईमरजेन्सी’ घोषणा गरेको थियो । तर पनि जनताको सुरक्षा तथा पूर्वतयारीका लागि आवश्यक काम गर्न नसकेको भन्दै विभिन्न राज्यका गर्भनरहरुको चर्को आलोचना भै रहेको छ । हिमआँधीपछि अहिले किनमेल गर्ने स्टोरहरुमा मानिसहरुको भीड लागेको छ ।

हिमआँधीका कारण विद्युत् बन्द भएपछि कोरोनाबाट बच्नका लागि दिइँदै आएको खोप सेवासमेत कतिपय शहरमा तत्कालका लागि बन्द गरिएको छ । करिब २ साता अघि नै यहाँको केन्द्रीय मौसम विभागले अमेरिकामा हिमआँधीको पूर्वअनुमान गरेको थियो । विभागले आवश्यक सतर्कता अपनाउनका लागि आम नागरिक तथा सम्बन्धित राज्य र सरकारलाई ध्यानाकर्षण समेत गराएको थियो । अमेरिकाका कतिपय राज्यमा अहिले तापक्रम माइनस २० डिग्रीको आसपासमा पुग्न थालेको छ । अवस्था सहज बनाउन आपत्कालीन उद्दार कार्यमा खटिएका सुरक्षाकर्मी तथा विभिन्न निकायहरुले प्रयास जारी राखेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बंगलादेशबाट २५९ जना नेपालीको उद्दार बंगलादेशबाट २५९ जना नेपालीको उद्दार

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकाबाट २...

कोरोनाको दोश्रो लहरको जोखिम : अबदेखि सार्वजनिक यातयातमा  माक्स अनिवार्य कोरोनाको दोश्रो लहरको जोखिम : अबदेखि सार्वजनिक यातयातमा माक्स अनिवार्य

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१काठमाडौं । सरकारले काठमाडौंलगायत देशभर सञ्चालन हुने...

सिन्धुपाल्चोकमा निर्माणाधिन कभर्ड हल पहिरोले बगाउँदा ८ मजदुरको मृत्यु सिन्धुपाल्चोकमा निर्माणाधिन कभर्ड हल पहिरोले बगाउँदा ८ मजदुरको मृत्यु

२०७७ श्रावण १९ गते सोमबार

०३ अगस्ट, २०२०बाह्रबिसे । सिन्धुपाल्चोकमा नवनिर्मित कभर्ड हल पहिरोले...

निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

२०७५ चैत्र १० गते आइतबार

२४ मार्च, २०१९ काठमाडौं । कैलालीमा केही महिना अघि...

Top