Best Khabar Team | २०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०
ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्यामा उनकै घरमा कार्यरत घरेलु कामदार विजय चौधरीको संलग्नता रहेको ठहर प्रहरीले गरेको छ । यद्यपि घटनाको बारेमा प्रहरीले सूक्ष्म ढंगले अध्ययन अघि बढाएको छ ।
ललितपुरको सानेपास्थित आफ्नै घरमा आज बिहान अचेत अवस्थामा भेटिए लगत्तै मुनालाई उपचारका लागि श्रीमान् अर्जुनले प्रहरीको सहयोगमा अस्पताल पु=याएका थिए । अस्पताल पु¥याएको केहीबेरमै उनको ज्यान गै सकेको अस्पतालले बताएसँगै घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो ।
घरमा राखिएको सिसि क्यामेराको भिडियो हेर्दा कामदार चौधरीले शुरुमा मुनालाई पछाडिबाट डोरीले घाँटीमा बाँधेर भुईँमा लडाएर पछि प्लाष्टिकको पिर्काले टाउकोमा हानेको देखिएको छ । घटनालगत्तै चौधरीले पनि घरको भ-याङ्गमा झुण्डिएर आत्महत्या गरेका थिए । प्रहरीले सिसी टिभी फुटेज र घटनाको प्रकृति हेर्दा कार्कीको हत्यामा चौधरीकै संलग्नता रहेको स्पष्ट भएको जनाएको छ ।
विगत लामो समयदेखि कार्कीको घरमा घरेलु कामदारको रुपमा कार्यरत चौधरी र कार्की बीचको विवादको विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन । पूर्वसचिव कार्की पशुपतिनाथको दर्शन गर्न गएका बेला कार्कीको घरमा सो घटना भएको बताइएको छ । घरमा रहेका कार्कीका एक छोरा सो समयमा स्कुल गएका थिए ।
उनकी दुई छोरी भने उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेका छन् । घटनाको विषयमा प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान अघि बढाएको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पक्राउ पूर्जी पाएलगत्तै प्रहरीले समात्यो सांसद मनाङ्लेलाई
२०७६ माघ ९ गते बिहिबार
२३ जनवरी, २०२०पोखरा । एन्फा कास्कीका अध्यक्षलाई कुटपिट गरेको...
धरौटीमा छुटिन् गायिका राउत
२०७६ माघ १४ गते मंगलबार
२८ जनवरी, २०२० काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा...
‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी !
२०७७ जेठ १७ गते शनिबार
युरोपेली मुलुक पोर्चुगल, अनि यहाँका राष्ट्रपति मार्सेलो रिबेलो दि...
जर्मनी गोलीकाण्ड : मृतकको संख्या ९ पुग्यो, संदिग्ध आक्रमणकारी र उनकी आमा कोठाभित्रै मृत भेटिए
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रुअरी, २०२० बर्लिन । युरोपेली मुलुक जर्मनीका दुई...
Top