मार्च अन्तिम सातादेखि त्रिभुवन विमानस्थल रातिको समयमा बन्द हुने

Best Khabar Team | २०७७ फाल्गुन ३ गते सोमबार


१६ फेब्रुअरी, २०२१
काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आगामी चैत्र १५ (मार्च २८) देखि रातिको समयमा हुने विमानस्थलको उडान तथा अवतरण सेवा बन्द हुने जनाएको छ । हाल बिहान ६ बजेदेखि रातिको ३ बजेसम्म) सञ्चालनमा रहेको विमानस्थलको सेवा अन्र्तराष्ट्रिय उडानमा आएको कटौतीसँगै रातिको समयमा बन्द गर्न लागिएको हो ।

फाइल तस्वीर ।

चैत्र १५ गते मध्यरातदेखि रातिको १२ बजेपछि विमानस्थल बन्द गर्ने तयारी भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विगतमा कोरोना भाइरसको प्रकोप र त्यसपछि उत्पन्न बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै रातिको समयमा समयमा समेत विमानस्थल सूचारु अवस्थामा रहेको थियो । विगतमा दैनिक ६० देखि ७० वटासम्म उडान हुने गरेको भएपनि अहिले यात्रुहरुको अभावमा दैनिक ३० को हाराहारीमा उडानहरु भै रहेका कारण रातिको समयमा विमानस्थल बन्द गर्न लागिएको हो ।

जापान, दुबईलगायतका कतिपय देशसँग जोडिएका उडान कम्पनीहरुले कोरोनाका बेला रातिको समयमा काठमाडौं विमानस्थलबाट उडान तथा अवतरण गर्दै आइरहेका थिए । विशेषतः विभिन्न मुलुकबाट हुने चार्डर उडान तथा उद्दार उडानलाई मध्यनजर गर्दै विमानस्थल राति ३ बजसम्म सञ्चालनमा आएको थियो । तर अहिले विश्वका विभिन्न मुलुकमा कोरोनाका कारण रोकिएका नेपाली यात्रु तथा नेपालमा रोकिएका विदेशीयात्रुहरुको संख्या न्यून रहेका कारण उद्दार र चार्टर उडान बन्द भएका छन् ।

यस्तै नियमित रुपमा विदेश जानुपर्ने र विदेशबाट नेपाल आउनेहरुको संख्या पनि कोरोना अघिकै अवस्थामा आइनसकेका कारण रातिको समयमा विमानस्थल बन्द गर्न लागिएको हो । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार चैत्र १५ गतेदेखि राति १२ बजेपछि विमानस्थल बन्द गरिने छ । पर्यटन मन्त्रालयको निर्देशमा कोरोनाका कारण अलपत्र परेकाहरुलाई उद्दारका लागि काठमाडौंबाट विभिन्न देश तथा ती देशबाट काठमाडौंमा यात्रु ओसारपसार गर्नका लागि रातिको समयमा थप ३ घण्टा विमानस्थल सञ्चालनमा ल्याएर थप उडान गरिँदै आएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल प्रगतिको दिशामा अघि बढेको  छ : उपराष्ट्रपति नेपाल प्रगतिको दिशामा अघि बढेको छ : उपराष्ट्रपति

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको...

अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब...

एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं

२०७७ जेठ १९ गते सोमबार

माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार...

युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी

२०७९ चैत्र ३ गते शुक्रबार

१७ मार्च, २०२३लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि...

Top