Best Khabar Team | २०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२०
काठमाडौं । रोजगारीको लागि भारत पुगेकाहरुले आफू कार्यरत घरबाट चोरी गरेका करिब १ करोड रुपैयाँ भन्दा बढी रकमसहित प्रहरीले तीन जनालाई पक्रेको छ । भारतको राजधानी नयाँ दिल्लीमा काममा गएका बेला स्थानीय एक अग्रवाल थरका व्यक्तिको घरबाट नेपालीले रकम चोरेर भागेको सूचना भारतीय दुतावासले नेपाल प्रहरीलाई समेत जानकारी गराएपछि प्रहरीले घटनामा संलग्नको खोजी तीब्र बनाएको थियो ।
यही क्रममा प्रहरीले बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापालाई पक्राउ गरेपछि घटनाको भेद खुलेका हो । पक्राउ परेका मध्ये जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए । कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्टो खनेर टिनको बाकस गाडिएको अवस्थामा फेला परेको हो ।
उनीहरुले भारतीय रुपैयाँ ६५ लाख रुपैयाँ अग्रवालको घरबाट चोरी गरेका थिए । खाल्डोबाट निकालिएको रकम र चोरीमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धनकुटा र मोरङ्मा भेटिए पहिलो पटक कोरोना संक्रमित, संक्रमितको संख्या २९५ पुग्यो
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०भेडेटार । पूर्वी नेपालको धनकुटा र मोरङ्गमा...
सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । अज्ञात समूहले प्रहरी सवार...
५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा...
कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...
Top