Best Khabar Team | २०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२०
काठमाडौं । रोजगारीको लागि भारत पुगेकाहरुले आफू कार्यरत घरबाट चोरी गरेका करिब १ करोड रुपैयाँ भन्दा बढी रकमसहित प्रहरीले तीन जनालाई पक्रेको छ । भारतको राजधानी नयाँ दिल्लीमा काममा गएका बेला स्थानीय एक अग्रवाल थरका व्यक्तिको घरबाट नेपालीले रकम चोरेर भागेको सूचना भारतीय दुतावासले नेपाल प्रहरीलाई समेत जानकारी गराएपछि प्रहरीले घटनामा संलग्नको खोजी तीब्र बनाएको थियो ।
यही क्रममा प्रहरीले बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापालाई पक्राउ गरेपछि घटनाको भेद खुलेका हो । पक्राउ परेका मध्ये जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए । कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्टो खनेर टिनको बाकस गाडिएको अवस्थामा फेला परेको हो ।
उनीहरुले भारतीय रुपैयाँ ६५ लाख रुपैयाँ अग्रवालको घरबाट चोरी गरेका थिए । खाल्डोबाट निकालिएको रकम र चोरीमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो
२०७६ चैत्र १२ गते बुधबार
२५ मार्च, २०२० काठमाडौं । केही साता अघि खाडी...
सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?
२०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला...
सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो
२०७६ चैत्र ७ गते शुक्रबार
२० मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर...
आगामी अप्रिल १५ (२०७७ बैशाख ३ गते) सम्मका लागि नेपालमा विदेशबाट आउने उडान प्रतिबन्ध
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०काठमाडौ । सरकारले कोरोना भाइरसको संक्रमण र...
Top