Best Khabar Team | २०७८ श्रावण १७ गते आइतबार
०१ अगस्ट, २०२१
मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी आएको छ । अबिरल बर्षासँगै आएको बाढीका कारण गएराति हेलम्बुको किउल तथा मेलम्ची क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीका कारण तालामाराङ्गको प्रहरी चौकीमा क्षति पुगेको छ । यसका अलावा यस क्षेत्रका दर्जनौ घरमा क्षति पुगेको छ ।

पहिरो र बाढी शुरु भएपछि स्थानीय वासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ सरेका थिए । प्रहरी तथ्यांक अनुसार बाढीले हेलम्बुको किउल क्षेत्रमा रहेका र मेलम्ची बजारमा रहेका एकदर्जन बढी घरमा क्षति पु-याएको छ । पहिरोले यस्तै रेडियो मेलम्ची रहेको भवनसमेत बगाएको छ । यसअघि गएको असार १ गते अपरान्हदेखि आएको बाढीले ठूलो क्षति पु-याएको मेलम्ची र आसपासको क्षेत्रमा गएराति आएको बाढीबाट थप क्षति पुगेको हो । प्रहरीको अनुसार कतिपय स्थानका पुल तथा सडक बगाएको छ । गएरातिको बाढीको कारण मानवीय क्षति भएको खबर भने अहिलेसम्म प्राप्त भएको छैन ।
यसअघिको बाढीमा परी ५ जनाको ज्यान गएको थियो भने डेढ दर्जन अझै बेपत्ता छन् । हेलम्बुमा गएको पहिरोका कारण मेलम्ची थुनिएपछि बाढी आएको प्रहरीले अनुमान गरेको छ । बाढीका कारण विशेष गरी किउलका तिम्बु ,ग्याल्थुम र मेलम्ची नगर क्षेत्रमा ठूलो भौतिक क्षति पु-याएको छ। अहिले घटनास्थलमा प्रहरी र स्थानीय रेडक्रसलगायतको टोली पुगेर त्यहाँ रहेका स्थानीय र बाढीले पु-याएको क्षति लगायत पछिल्लो अवस्थाको बारेमा जानकारी लिइरहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो
२०७७ माघ २९ गते बिहिबार
११ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...
अन्नपूर्ण आधार शिविरमा हिमपहिरो : ४ विदेशी पर्यटकसहित ६ जनाको अवस्था अज्ञात
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०पोखरा । बहुचर्चित अन्नपूर्ण आधार शिविरमा गएको...
कोरोनाको महामारीकै बीच बेल्जियमको राजधानी ब्रसेल्समा किन भयो प्रहरीको गाडी तोडफोड ? (भिडियोसहित)
२०७६ चैत्र ३० गते आइतबार
पि.एल. तरंग / लिंकरोभर, बेल्जियम । महामारी बन्दै गएको...
कमल थापाले गरे अख्तियारको प्रशंसा
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष...
Top