सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति

Best Khabar Team | २०७८ श्रावण १७ गते आइतबार


०१ अगस्ट, २०२१
मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी आएको छ । अबिरल बर्षासँगै आएको बाढीका कारण गएराति हेलम्बुको किउल तथा मेलम्ची क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीका कारण तालामाराङ्गको प्रहरी चौकीमा क्षति पुगेको छ । यसका अलावा यस क्षेत्रका दर्जनौ घरमा क्षति पुगेको छ ।

फाइल तस्वीर : गत असार १ गतेको बाढीले मेलम्ची क्षेत्रमा डुबेका घरहरु ।

पहिरो र बाढी शुरु भएपछि स्थानीय वासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ सरेका थिए । प्रहरी तथ्यांक अनुसार बाढीले हेलम्बुको किउल क्षेत्रमा रहेका र मेलम्ची बजारमा रहेका एकदर्जन बढी घरमा क्षति पु-याएको छ । पहिरोले यस्तै रेडियो मेलम्ची रहेको भवनसमेत बगाएको छ । यसअघि गएको असार १ गते अपरान्हदेखि आएको बाढीले ठूलो क्षति पु-याएको मेलम्ची र आसपासको क्षेत्रमा गएराति आएको बाढीबाट थप क्षति पुगेको हो । प्रहरीको अनुसार कतिपय स्थानका पुल तथा सडक बगाएको छ । गएरातिको बाढीको कारण मानवीय क्षति भएको खबर भने अहिलेसम्म प्राप्त भएको छैन ।

यसअघिको बाढीमा परी ५ जनाको ज्यान गएको थियो भने डेढ दर्जन अझै बेपत्ता छन् । हेलम्बुमा गएको पहिरोका कारण मेलम्ची थुनिएपछि बाढी आएको प्रहरीले अनुमान गरेको छ । बाढीका कारण विशेष गरी किउलका तिम्बु ,ग्याल्थुम र मेलम्ची नगर क्षेत्रमा ठूलो भौतिक क्षति पु-याएको छ। अहिले घटनास्थलमा प्रहरी र स्थानीय रेडक्रसलगायतको टोली पुगेर त्यहाँ रहेका स्थानीय र बाढीले पु-याएको क्षति लगायत पछिल्लो अवस्थाको बारेमा जानकारी लिइरहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० ललितपुर । पश्चिमी बायुको प्रभावका कारण...

सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने सरकारको घोषणा सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने सरकारको घोषणा

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । सरकारले सन् २०२० को...

सैन्य ‘कु’ का विरुद्ध भएको प्रदर्शनमा गोली लागेर म्यानमारमा १० को मृत्यु, दर्जनौं घाइते सैन्य ‘कु’ का विरुद्ध भएको प्रदर्शनमा गोली लागेर म्यानमारमा १० को मृत्यु, दर्जनौं घाइते

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१यांगुन, म्यान्मार । करिब एक महिना अघि...

बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले कोरोना भाईरसको उद्गम...

Top