स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश

Best Khabar Team | २०७७ जेठ २ गते शुक्रबार


१५ मे, २०२०
भ्रेक्निका, स्लोभेनिया । सिँगो विश्व कोरोनाको महामारीबाट गुज्रिरहेका बेला युरोपेली युनियनमा आवद्ध एउटा युरोपेली राष्ट्रले आफ्नो देश कोरोना मुक्त भएको घोषणा गरेको छ । स्लोभेनिया युरोपका पहिलो देश बनेको छ जसले आफ्नो देश अब कोरोनाबाट मुक्त भएको घोषणा औपचारिक रुपमै गर्न सफल भएको छ ।

शुक्रबारको संसद बैठकमा यहाँका प्रधानमन्त्री जानेज जान्सले सिँगो मुलुक अब कोरोना मुक्त भएको भन्दै यो अभियानमा सहयोग गर्ने सबै स्वास्थ्यकर्मी, राजनीतिक दल तथा देशबासीप्रति आभार व्यक्त गरे । उनले विगत २ महिनादेखिको अथक प्रयास, स्वास्थ्यकर्मीको अभूतपूर्व काम तथा आम जनताले कोरोना प्रति देखाएको सचेतनालगायतले गर्दा मुलुकलाई यति छिटै कोरोना मुक्त गर्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

उनले अब युरोपेली युनियनमा आबद्ध राष्ट्रका मानिसहरुले आफ्नो देशमा घुम्न सक्ने बताएका छन् । स्लोभेनिया कोरोनाका कारण अति नै आक्रान्त बनेको इटलीसँग जोडिएको एउटा युरोपेली राष्ट्र हो । यहाँ गत मार्च पहिलो पटक ५ जनामा कोरोना संक्रमण देखिएको थियो । यसका अन्य छिमेकी देशमा हंगेरी, अष्ट्रिया र क्रोयसिया रहेका छन् ।

इटली युरोपमा कोरोनाका कारण सबैभन्दा पहिलो धेरै जनधनको क्षति व्यहोर्ने मुलुक हो । करिब २० लाख जनसंख्या रहेको स्लोभानिया पर्यटकको लागि निक्कै आकर्षक देशको रुपमा रहेको छ । स्लोभेनियामा कोरोनाका कारण अहिलेसम्म १ हजार ४ सय ६४ जना संक्रमित भएका छन् भने १ सय ३ जनाको मृत्यु भएको छ ।

यस्तै २ सय ६७ जनाले सफल उपचार पाएका छन् । कोरोना संक्रमण मुक्त भएसँगै गएको अप्रिल तेश्रोसातादेखि लकडाउन खुकुलो बनेको स्लोभानियामा सार्वजनिक यातायातका सवारी साधनहरु निर्बाधरुपमा सञ्चालनमा रहेका छन् । आगामी सातादेखि विद्यालय, सानो जमघट हुने होटल तथा रेस्टुरेन्टहरु सञ्चालनमा आउनेछन् ।

तर सार्वजनिक स्थानमा आउजाउ गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने छ । माक्स लगाउने, सार्वजनिक स्थानमा जाँदा तोकिएको मापदण्ड अनुसार स्यानिटाइजर लगाएर हात हुने एवं दुरी कायम गर्नुपर्ने नियम सरकारले लागू गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट) पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)

२०८० कार्तिक ५ गते आइतबार

२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...

चैत्र ७ गतेदेखि  बैशाख ३ गतेसम्म युरोपलगायतका देशबाट नेपाल आउन नपाईने चैत्र ७ गतेदेखि बैशाख ३ गतेसम्म युरोपलगायतका देशबाट नेपाल आउन नपाईने

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२० काठमाडौं । सरकारले पछिल्लो समयमा कोरोनाबाट...

धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए

२०७६ फाल्गुन २७ गते मंगलबार

१०, मार्च, २०२०लण्डन । पूर्वी नेपालको धरान घर भएका...

घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

Top