बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित)

Best Khabar Team | २०७७ माघ १५ गते बिहिबार


२८ जनवरी, २०२१
वेस्टह्याम, लण्डन । कोरोना संक्रमण रोक्न भन्दै नेपाल सरकारले यसअघि लगाउँँदै आएको (बेलायत–काठमाडौं) एकतर्फी उडानप्रतिबन्ध आजैबाट लागूहुने हटाउने निर्णय गरेको छ । यो निर्णयसँगै अब बेलायतबाट वा बेलायत हुँदै नेपाल जाने सबै यात्रुहरुले नेपाल प्रवेश गर्न पाउने भएका छन् । तर त्यसका लागि सरकारले निश्चित मापदण्ड भने तय गरेको छ ।

नेपालस्थित बेलायती दुतावासले नेपाल सरकारलाई उद्दृत गर्दै जारी गरेको विज्ञप्ति अनुसार तत्कालका लागि बेलायतबाट नेपालमा हुने सबै उडान प्रतिबन्धहरु हटेको छ । बेलायतका साथै आयारल्याण्ड र युरोपेली मुलुक माल्टाबाट समेत लगाईको उडान प्रतिबन्ध यो आदेशसँगै खुल्ला भएको छ ।

लण्डनस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्ति ।

तर बेलायत हुँदै नेपाल जाने यात्रुहरुले विमान चढ्न ७२ घण्टाभित्र कोरोनाको पिसिआर चेक गरेको र त्यसमा ‘नेगेटिभ’ रिपोर्ट आएको प्रमाण पेश भने विमानस्थलमा अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । यस्तै उनीहरु नेपाल पुगेपछि कम्तीमा ५ दिन होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । यसका लागि विमानस्थलमै यात्रुले काठमाडौंमा ‘अनिवार्य क्वारेन्टाइन’का लागि होटल बुक गरेको प्रमाण देखाउनुपर्नेछ ।

लण्डनस्थित नेपाली दुतावासले आज जारी गरेको विज्ञप्ति अनुसार नेपाल जाने यात्रुहरुले माथिका सबै सर्तलाई अनिवार्य रुपमा पालना गरेको र नेपाल जाने यात्रुले यात्राका सबै विवरण र माथि उल्लेखित गरिएको प्रावधानको प्रतिलिपि दुतावासमा पेश गर्नुपर्ने छ ।

केही समयअघि बेलायतमा कोरोना भाईरसको ‘परिवर्तित स्वरुप’ देखिएको र यो भाइरस निक्कै आक्रमण रहेको भन्दै नेपालसहित अधिकांश युरोपेली देशहरुले अन्यदेशबाट बेलायत हुँदै आउने यात्रु वा बेलायतबाट सिधै आफ्नो देश आउने यात्रुबाहक विमानमाथि तत्कालका लागि प्रतिबन्ध लगाएका छन् । युरोपका अधिकांश देशले यो प्रतिबन्ध जारी राखेपनि नेपालले भने यो निर्णय फुकुवा भएको घोषणा गरेको छ ।

कोरोना भाइरसको दोश्रो लहर अन्र्तगत बेलायतमा अहिले फैलिएको कोरोना भाइरसका कारण संक्रमित तथा नयाँ मृतकको संख्या दैनिक बढ्दै गएको छ । पछिल्लो २४ घण्टायता (बेलायती समय अनुसार बिहीबार साँझ ७ बजेर ३२ मिने जाँदा) बेलायतमा कोरोनाका कारण १ हजार २ सय ३९ जनाले ज्यान गुमाएका छन् भने यस अवधिमा थप २८ हजार ६ सय ८० जनामा कोरोनाको संक्रमण देखिएको कोरोना संक्रमणसम्बन्धी विश्वव्यापी तथ्यांक अद्यावधिक गर्ने ओल्डोमिटर डटकमले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

असारे झरीले भत्कियो काठमाडौंको सदरखोर असारे झरीले भत्कियो काठमाडौंको सदरखोर

२०७७ असार ६ गते शनिबार

२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा...

कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०टोरन्टो । पछिल्लो समयमा विश्वभर महामारीको रुपमा...

कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन

२०७६ फाल्गुन १७ गते शनिबार

२९ फ्रेब्रुअरी, २०२०काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना...

नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु

२०७७ श्रावण १८ गते आइतबार

०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना...

Top