Best Khabar Team | २०७६ फाल्गुन २४ गते शनिबार

०७ मार्च, २०२०
न्यूर्योक । अमेरिकाका विभिन्न शहरहरुमा कोरोना भाइरसबाट संक्रमितको संख्या झण्डै ४ सयको हाराहारीमा पुगेको छ । यहाँको केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम विभाग र स्थानीय सरकारहरुका अनुसार पछिल्लो केहीययता युहन्मा ३ र डाइमन प्रिन्सेसमा थप ४६ जना संक्रमित भेटिएका हुन् । योसँगै केही घण्टा यतामात्रै ४९ जना कोरोनाका नयाँ संक्रमित अमेरिकामा थपिएका छन् ।
यस्तै ग्राण्ड प्रिन्सेसबाट २१ जनामा संक्रमण भेटिएको पछिल्लो डाटा सार्वजनिक गरिएको छ । अमेरिका २९ राज्यमा अहिले कोरोना प्रभावितहरु भेटिएका छन् । अमेरिकाका अस्पतालमा अहिले सयौंको संख्यामा मानिसहरुको कोरोनाको टेस्ट भै रहेको छ । उनीहरुलाई आइसोलेनमा राखेर उपचार गरिँदै छ । यसैबीच कोरोनाको संक्रमण फैलन थालेपछि न्यूर्योक आपतकालको घोषणा गरिएको छ ।
यहाको राज्य सरकारले यो घोषणा गरेको छ । गर्भनर एन्ड्रयु कुओमोले यसबाट बच्नका लागि पूर्वतयारी तथा सावधानीका लागि भन्दै न्यूर्योकमा आपत्कालको घोषणा गरेको बताएका छन् । स्थानीय स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न राज्य सरकारले केही स्वास्थ्यकर्मीहरुको कोटा थप गर्दैछ । संक्रमितहरुको संख्या बढ्न नपाओस् भनेर चेकजाँच तीव्र बनाउने र आवश्यक सावधानी अपनाइने बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आबुधावी दुर्घटना अपडेट: मृतक ६ मध्ये ३ नेपाली युवती (दुर्घटनाको भिडियोसहित)
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२० आबुधावी । संयुक्त अरव इमिरेट्समा हिजो...
बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को...
असारे झरीले भत्कियो काठमाडौंको सदरखोर
२०७७ असार ६ गते शनिबार
२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा...
ट्वीटरमा प्रधानमन्त्रीले पोखे दुःखेसो
२०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८ काठमाडौं । पूर्व निर्धारित कार्यक्रम अनुसार...
Top