Best Khabar Team | २०७७ फाल्गुन १३ गते बिहिबार
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगलग्रहमा हालै पठाएको एउटा अन्तरिक्ष यानमा जडान गरिएको अत्याधुनिक क्यामेराले केही उच्चस्तरीय तस्वीरहरु कैद गरेर पृथ्वीमा पठाएको छ । नासाले पठाएको अन्तरिक्ष यान ३ दिनअघि मंगलग्रहको सतहमा सकुशल अवतरण भएको भन्दै नासाले सो क्रममा खिचिएका तस्वीर, भिडियो तथा अडियो पनि हालै सार्वजनिक गरेको छ ।

पर्सिएभरेन्स रोभर नाम दिएको अन्तरिक्ष यानमा जोडिएको उच्च प्रविधियुक्त क्यामेराले मंगलग्रहको जमिनमा खिचेका केही तस्वीरहरु नासाले केही घण्टाअघि सार्वजनिक गरेको छ । विशेष त पहिलो पटक मंगलग्रहको सतहमा खिचिएका उच्च गुणस्तरीय (हाइ क्वालिटी) तथा ३ सय ६० डिग्रीमा खिचिएका तस्वीरहरु नासाले सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको तस्वीरमा मंगलग्रहमा रहेका चट्टान तथा नदिहरुलाई समेत स्पष्ट रुपमा देख्न सकिन्छ । पृथ्वी बाहिर मानवको बस्ती सम्भव छ छैन भन्ने विषयमा अध्ययनका लागि नासाले मंगललगायतका कतिपय ग्रहहरुमा भूउपग्रह पठाएर नियमित रुपमा अध्ययन तथा अनुसन्धान गर्दै आइरहेको छ ।

यही क्रममा नासाले केही महिना अघि चन्द्रमामा मानबसहितको यान पठाएको थियो । पछिल्लो पटक मंगलग्रहमा आफ्नो अन्तरिक्ष यान पठाएको नासाले अभियान अत्यन्तै सफल भएको भन्दै मंगलग्रहको सतहको आवाजसमेत रेकर्ड गरेर सार्वजनिक गरेको छ । यहाँ प्रस्तुत तस्वीरहरु हामीले नासाको बेबसाईटबाट लिएका हौं ।


मंगलग्रहमा पहिलोपटक रेकर्ड गरिएको आवाज सुन्न तलको लिंक क्लिक गर्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना...
कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड जुन १ बाट हटाइँदै
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । पोर्गुगल सरकारले यसअघि लगाएको...
अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा
२०७६ पुष १ गते मंगलबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्ला केही महिनायता गुठी...
दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त
२०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । मुलुकमा पछिल्ला वर्षहरुमा सडक...
Top