Best Khabar Team | २०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०
फलेबास, पर्वत । गण्डकी प्रदेश अन्र्तगतको पर्वत जिल्लामा आज ८ जनाले कोरोनालाई जितेका छन् । यस्तै आजै नयाँ थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार जिल्लाको फलेबास र कुस्मा नगरपालिकाका दुई/दुई जना र मोदी गाउँ पालिकाका थप १ जना गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार फलेबास नगरपालिका वडा नम्बर २ का ३७ र ३० वर्षका पुरुष तथा कुस्मा नगरपालिकाकाका एक पुरुष तथा एक महिलामा कोरोना संक्रमण देखिएको हो । चितवनको भरतपुरमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यता मोदी गाउँपालिकाका ३९ वर्षका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैलाई सदरमुकामस्थित क्वारेन्टाइन र आइसोलेसनमा चिकित्सकको निगरानीमा राखेर उपचार अघि बढाइएको छ ।
यस्तै १४ दिनअघि कोरोना संक्रमण देखिएका फलेबास र कुर्घाका २ जना कोरोना संक्रमण मुक्त भएका हुन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पर्वतकै महाशिला गाउँपालिकाका २ जना र फलेबास नवरपालिकाका २ जना एवं बिहादीका १ जनामा गरिएको पछिल्लो कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरिदिएको हो ।
उनीहरुलाई अब जिल्लामा रहेको क्वारेन्टाइनबाट गाउँपालिकाको क्वारेन्टाइनमा पठाउने तयारी भएको छ । पर्वतमा हालसम्म कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमितमध्ये ४ महिला र ३४ जना पुरुष छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...
भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको...
राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर...
मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा...
Top