Best Khabar Team | २०७७ माघ ७ गते बुधबार
२० जनवरी, २०२१
न्यूर्योक । गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा पराजित बनेका अमेरिकाका निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भवन (ह्वाईट हाउस) छाडेका छन् । उनले आफ्नो कार्यकाल पुरा भएकै दिन अर्थात् आज ह्वाईटहाउस छाडेका हुन् । नोभेम्बरमा भएको चुनावमा जो बाइेनसँग पराजित भएसँगै ट्रम्पको कार्यकाल आजदेखि समाप्त हुँदै थियो । यही बीचमा ट्रम्पले आजैबाट लागूहुने गरी ह्वाईटहाउस छाडेका हुन् ।

यसअघि नोभेम्बरमा भएको चुनावको मत परिणाममा असहमति जनाउँदै ट्रम्पले विभिन्न खाले टिका टिप्पणी गर्दै आएका थिए । उनले चुनावमा धाँधली भएको भन्दै यसको छानबिन गर्न मागसमेत गरेका थिए । यही विषयलाई लिएर केहीदिन अघि ह्वाईट हाउसमा प्रदर्शनसमेत भएको थियो ।
ह्वाईट हाउस छाड्दै गर्दा ट्रम्पले आफू नेतृत्वको अमेरिकी प्रशासनले निक्कै राम्रो काम गरेको बताएका छन् । तर उनले ह्वाईट हाउस छाड्नुअघि नवनिर्वाचित राष्ट्रपति वाईडेनलाई भने स्वागत गरेनन् । सामान्यतया नयाँ निर्वाचित राष्ट्रपति आएपछि उसलाई सत्ता हस्तान्तरण गर्ने औपचारिक परम्परालाई लत्ताउँदै ट्रम्प न्यूर्योक छाडेर फ्लोरिडा उडेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२०पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९...
युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित
२०७६ फाल्गुन २४ गते शनिबार
०७ मार्च, २०२० रोम । युरोपेली मुलुक इटलीमा कोरोना...
४७ वर्षपछि युरोपियन युनियनबाट अलग्गिँदै बेलायत
२०७६ माघ १७ गते शुक्रबार
३१ जनवरी, २०२०लण्डन । अन्ततः ४७ वर्षे सहयात्रालाई पूर्णविराम...
लेबनानमा विस्फोटक पदार्थले भरिएको गोदाममा विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु (भिडियोसहित)
२०७७ श्रावण २१ गते बुधबार
०५ अगस्ट, २०२०बेरुत, लेबनान । विस्फोटक पदार्थ भण्डारण गरेर...
Top