खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित)

Best Khabar Team | २०७७ माघ २८ गते बुधबार


१० फेब्रुअरी, २०२१
काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज साँझ जारी गरेको सूचना अनुसार बुधबार राति १२ बजेपछिबाट लागूहुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढेको छ । यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । यसअघि खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ थियो ।

नयाँ मूल्य अनुसार काठमाडौंमा निम्न अनुसारको मूल्यसूची रहने छ ।
१) डिजेल १ सय १२ रुपैयाँ
२) पेट्रोल
प्रतिलिटर १ सय १२ रुपैयाँ
३) मट्टितेल
प्रतिलिटर ९५ रुपैयाँ
४) एलपी ग्याँस प्रतिसिलिन्डर १४ सय रुपैयाँ (खाली सिलिन्डरसँग नयाँ भरिएको सिलिन्डर साट्ने प्रयोगका लागि)


सरकारले हवाई इन्धनको मूल्य भने तत्कालका लागि यथाबत् नै राख्ने निर्णय गरेको छ । विगत लामो समयदेखि खाना पकाउने ग्याँसको मूल्य बढ्न सकेको थिएन । पछिल्लो समयमा भारतीय बजार (भारतीय आयल निगम) बाट प्राप्त पेट्रोलियम पदार्थको मूल्यसूची बढेर आएका कारण बाध्य भएर मूल्यबृद्धि गर्नुपरेको निगमको भनाई छ।

विगत केही वर्षदेखि निगमले स्वचालित मूल्य प्रणाली अनुसार हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । मूल्य बढाउँदासमेत पेट्रोल, डिजेल तथा ग्यासमा आफूहरुलाई घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, तुलाधरले पहिरिइन् ताज विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, तुलाधरले पहिरिइन् ताज

२०७५ चैत्र ९ गते शनिबार

२३ अप्रिल, २०१९ काठमाडौं । विभिन्न उमेर र पेशालाई...

सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

२०८० आश्विन २६ गते शुक्रबार

१३ अक्टोबर, २०२३काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर...

प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित) प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित)

२०७६ पुष ४ गते शुक्रबार

२० डिसेम्बर, २०१९ नयाँदिल्ली । पार्किन्सन्स रोगबाट पीति नेकपाका...

कामनपाकी उपमेयरलाई हृदयघात, नर्भिकमा उपचार हुँदै कामनपाकी उपमेयरलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

२०७६ असार २० गते शुक्रबार

०५ जुलाई, २०१९ काठमाडौं । काठमाडौं उपमहानगरपलिकाकी उपमेयर हरिप्रभा...

Top