इन्डोनेसियामा शक्तिशाली भूकम्प : दर्जनौको मृत्यु, केही अस्पतालसहित सयौं घर भत्किए

Best Khabar Team | २०७७ माघ ३ गते शनिबार


१६ जनवरी, २०२१
जाकर्ता, इन्डोनेसिया ।
इन्डानेसियामा आज बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ दर्जन नाघेको छ । स्थानीय पालोपो शहरको सिलिबेस नामकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी हालसम्म ४८ जनाको ज्यान गै सकेको अधिकारीहरुले पुष्टि गरेका छन् । ६ दशमलव २ रेक्टर स्केलको सो भूकम्पका कारण पोपोलो शहरका दर्जनौ घरहरु भत्किएका छन् ।

भूकम्पमा परी घाइते भएकहरुलाई स्थानीय अस्पतालहरुमा उपचारार्थ भर्ना गरिएको छ । स्थानीय समय अनुसार बिहान सबेरै सो भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म झण्डै ९ सयको हाराहारीमा स्थानीय बासिन्दाहरु घाइते भएका छन् । विशेष गरी भूकम्पका कारण स्थानीय मामुजु र माजिने जिल्लाका ठूलो क्षेति पुगेको छ । ती जिल्लामा घर तथा अन्य भौतिक संरचनाहरुमा भूकम्पले ठूलो क्षति पु¥याएको छ । भूकम्पका कारण १५ हजार भन्दा बढी नागरिकहरु विस्थापित भएको अधिकारीहरुले बताएका छन् । भूकम्पले केही अस्पताल तथा २५ भन्दा बढी विद्यालयहरुलाई क्षति पु-याएको छन् ।

भूकम्पलगत्तै बन्द भएका विद्यूत तथा खानेपानी सेवा १० घण्टापछि सुचारु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पमा परी घाइते भएकाहरुको उद्दार तथा भग्नावषेशमा फसेकाहरुको उद्दारका लागि प्रहरी, सेना तथा स्थानीय वासिन्दाहरुले निरन्तर प्रयास जारी राखेको बताइएको छ । भूकम्पका जोखिममा रहेका तथा घर भत्किएर खुल्ला आकाशमा शाहारा लिएर बसेकाहरुलाई विभिन्न स्वयंसेवी संस्था तथा सरकारी तबरबाट खाद्यान्न वितरण गरिएको छ ।

तस्वीर साभार : रोयटर्स ।

साथै उनीहरुलाई सुत्नका लागि दर्जनैं स्थानमा अस्थायी टेन्टहरु खडा गरिएको छ । इन्डोनेसियामा सन् २००४ यता पटक पटक आएका भूकम्पमा परी सयौंको ज्यान गै सकेको छ । भूकम्पपछि आएको सुनामीका कारण पनि कयौंको ज्यान जाने गरेको छ । तर यसपटक भूकम्पपछि सुनामी आउने सम्भावना कम रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै...

२ हप्तामै पर्यटनमन्त्रीको समीक्षा : भ्रमणवर्ष २०२० सफलतातर्फ उन्मुख २ हप्तामै पर्यटनमन्त्रीको समीक्षा : भ्रमणवर्ष २०२० सफलतातर्फ उन्मुख

२०७६ माघ ४ गते शनिबार

१८ जनवरी, २०२० काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक...

भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०धादिङ्गबेसी । धादिङ्गमा हालै भारतबाट फर्केका १६...

२०७८ बैशाखमा मध्यावधि चुनावको घोषणा : प्रतिनिधि सभा भंग २०७८ बैशाखमा मध्यावधि चुनावको घोषणा : प्रतिनिधि सभा भंग

२०७७ पुष ५ गते आइतबार

२० डिसेम्बर, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाखमा...

Top