Best Khabar Team | २०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९ टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको विरोधमा क्यानडामा बस्ने नेपालीहरुले क्यानेडास्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन् । गैरआवासी नेपाली संघ, अन्र्तराष्ट्रिय समन्व परिषद् क्यानडाको नेतृत्वमा सो प्रदर्शन भएको हो ।
टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको विरोधमा क्यानडामा बस्ने नेपालीहरुले क्यानेडास्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन् । गैरआवासी नेपाली संघ, अन्र्तराष्ट्रिय समन्व परिषद् क्यानडाको नेतृत्वमा सो प्रदर्शन भएको हो ।
क्यानडाको टोरोन्टोमा रहेको भारतीय दुतावासअगाडि प्लेकार्ड र व्यानरसहित भारतीय गतिविधिको विरोध गर्दै टोली तत्काल नेपाली सिमा फिता गर्न तथा भारतलाई राजनीतिक नक्सा सच्चाउन माग गर्दै उनीहरुले दूतावासमा ज्ञापनपत्र समेत बुझाएका छन् । त्यस क्रममा उनीहरुले ‘सिमा मिच्न पाईँदैन, अतिक्रमित भूमि फिर्तागर, सिमा अतिक्रमण बन्द गर’लगायत उल्लेख गरिएको ब्यानर तथा प्लेकार्ड समेत बोकेका थिए ।
भारतले हालै आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपालको लिपुलेक, लिम्पुयाधुरालगायतका क्षेत्रसमेतलाई आफ्नो भूभागमा पारेपछि भारतीय यो कदमको विश्वभर रहेका नेपालीहरुले विरोध जनाईरहेका छन् । यसअघि केहीदिन अघि अमेरिकास्थित भारतीय दूतावास अगाडि समेत प्रदर्शन भएको थियो ।
दूतावास अगाडि विरोध प्रदर्शनका क्रममा क्यानडाका विभिन्न क्षेत्रका बस्ने नेपाली समूदायहरुको उपस्थिति रहेको र तत्काल यो निर्णय फिर्ता नलिए भारतका विरुद्ध कडा कदम चल्ने चेतावनी समेत दिएको एनआरएन क्यानका मिडिया कोअर्डिनेटर बद्रि तिमल्सिनाले बेस्टखबर डटकमलाई जानकारी दिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लकडाउन जेठ ३२ सम्म लम्बियो
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०काठमाडौं । सरकारले कोरोना रोग नियन्त्रणका लागि...
काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको...
रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०चौरजहारी, रुकुम । ६ जनाको ज्यान जाने...
अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा
२०७६ पुष १ गते मंगलबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्ला केही महिनायता गुठी...
Top