Best Khabar Team | २०७७ माघ २ गते शुक्रबार
१५ जनवरी, २०२१
काठमाडौं । सरकारले छिमेकी मुलुक भारतले हालै अनुमति दिएको ‘कोभिसिल्ड’ नामक कोरोना विरुद्धको भ्याक्सिन लगाउनका लागि आपत्कालीन अनुमति प्रदान गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगतको औषधी व्यवस्था विभागले आज एक विज्ञप्ति जारी गर्दै भारतले बनाएको ‘कोभिसिल्ड’ नामको भ्याक्सिन आपत्कालीन रुपमा लगाउनका लागि अनुमति प्रदान गरेको हो ।

तर यसमा सरकारले तोकेको सर्तलाई भने अनिवार्य रुपमा पालन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । भारत सरकारले पनि केहीदिन अघि सोही भ्याक्सिनलाई आपत्कालीन रुपमा प्रयोगमा ल्याउनका लागि सम्बन्धित निकायलाई अनुमति प्रदान गरेको थियो । भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिले तयार पारेको यो भ्याक्सिन लगाउने अनुमति पाएसँगै अब नेपालमा कोरोना विरुद्दको अभियानमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापनमा खटिएका विभिन्न व्यक्तिलगायतलाई पहिलो चरणमा यो ‘‘कोभिशिल्ड’ नामक भ्याक्सिन लगाउन बाटो खुलेको छ ।

यद्यपि भ्याक्सिन आयात तथा यसको भण्डारणलगायतका विषयमा सरकारको विस्तृत कार्ययोजना सार्वजनिक भएको छैन । यसको व्यवास्थापन स्वास्थ्य मन्त्रालयको समन्वयमा औषधि व्यवस्था विभागले गर्ने विभागद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द...
चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले
२०७६ पुष १२ गते शनिबार
२ ८ डिसेम्बर, २०१९ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय...
केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...
अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै
२०७६ असार ५ गते बिहिबार
२० जुन, २०१९ वासिंङ्टन । पछिल्लो समयमा विश्वका दुई...
Top