भारतीय ‘कोभिसिल्ड’ नामक कोरोना भ्याक्सिन लगाउन नेपालमा आपत्कालीन अनुमति

Best Khabar Team | २०७७ माघ २ गते शुक्रबार


१५ जनवरी, २०२१
काठमाडौं । सरकारले छिमेकी मुलुक भारतले हालै अनुमति दिएको ‘कोभिसिल्ड’ नामक कोरोना विरुद्धको भ्याक्सिन लगाउनका लागि आपत्कालीन अनुमति प्रदान गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगतको औषधी व्यवस्था विभागले आज एक विज्ञप्ति जारी गर्दै भारतले बनाएको ‘कोभिसिल्ड’ नामको भ्याक्सिन आपत्कालीन रुपमा लगाउनका लागि अनुमति प्रदान गरेको हो ।

तर यसमा सरकारले तोकेको सर्तलाई भने अनिवार्य रुपमा पालन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । भारत सरकारले पनि केहीदिन अघि सोही भ्याक्सिनलाई आपत्कालीन रुपमा प्रयोगमा ल्याउनका लागि सम्बन्धित निकायलाई अनुमति प्रदान गरेको थियो । भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिले तयार पारेको यो भ्याक्सिन लगाउने अनुमति पाएसँगै अब नेपालमा कोरोना विरुद्दको अभियानमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापनमा खटिएका विभिन्न व्यक्तिलगायतलाई पहिलो चरणमा यो ‘‘कोभिशिल्ड’ नामक भ्याक्सिन लगाउन बाटो खुलेको छ ।

यद्यपि भ्याक्सिन आयात तथा यसको भण्डारणलगायतका विषयमा सरकारको विस्तृत कार्ययोजना सार्वजनिक भएको छैन । यसको व्यवास्थापन स्वास्थ्य मन्त्रालयको समन्वयमा औषधि व्यवस्था विभागले गर्ने विभागद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

केही सरकारी कार्यालय सातै दिन खोल्ने सरकारको निर्णय केही सरकारी कार्यालय सातै दिन खोल्ने सरकारको निर्णय

२०७९ फाल्गुन १५ गते सोमबार

२७ फेब्रुअरी, २०२३काठमाडौं । सरकारले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै...

विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै

२०८१ पुष २१ गते आइतबार

०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...

७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो ७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो

२०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको...

संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ कोपनहेगन/डेनमार्कमा हुन लागेको आसन्न संसदीय चुनावको...

Top