चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए

Best Khabar Team | २०७६ फाल्गुन ६ गते मंगलबार


१८ फेब्रुअरी, २०२०

बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको कोरोना भाइरसका कारण चीनमा आज (१८ फेब्रुअरी, २०२०) सम्म १ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका छन् । चीनको एक अस्पतालका निर्देशक नै कोरोनाको संक्रमणबाट ज्यान गुमाउन पुगेका छन् ।

चीनमा हालसम्म ७ जना स्वास्थ्यकर्मीले कोरोनाको कारण ज्यान गुमाईसकेका छन् । चिनियाँ स्वास्थ्य संगठनका अनुसार चीनमा हालसम्म यो रोगका कारण ७२ हजार ४ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण पछिल्लो एक साता यता चीनमा दैनिक सरदर १ सय जनाले ज्यान गुमाईरहेका छन् ।

यद्यपि चिनियाँ स्वास्थ्य अधिकारीहरुले रोगका नयाँ विरामीहरु देखिने क्रम भने ह्वात्तै घटेको जनाएका छन् । कोरोना भाइरसको उद्गम थलोको रुपमा रहेको हुबेई प्रान्तमा मात्र हालसम्म ५८ हजार १८२ जनामा संक्रमण देखिएको छ । हुबेइ प्रान्त कोरोनाको कारण निक्कै प्रभावित बनेको छ ।

जहाँका करोडौं मानिसहरुलाई सरकारले घरबाहिर ननिस्कन आदेश जारी गरेको छ । जहाँ एक महिनादेखि सडकमा अत्यावश्यक बाहेकका गाडीहरु गुडेका छैनन् भने हवाई सेवा समेत बन्द छ यस्तै विद्यालय, सरकारी कार्यालयलगायतका सार्वजनिक क्षेत्र अनिश्चितकालका लागि स्थगित गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अबिरल वर्षाका कारण भोटेकोशीमा भीषण बाढी, कम्तीमा १५ वेपत्ता, १८ घर बगायो अबिरल वर्षाका कारण भोटेकोशीमा भीषण बाढी, कम्तीमा १५ वेपत्ता, १८ घर बगायो

२०७७ असार २५ गते बिहिबार

०९ जुलाई, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अबिरल वर्षासँगै आएको बाढी...

देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेपछि...

नेपाल प्रगतिको दिशामा अघि बढेको  छ : उपराष्ट्रपति नेपाल प्रगतिको दिशामा अघि बढेको छ : उपराष्ट्रपति

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको...

नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै

२०७७ माघ ११ गते आइतबार

२४ जनावरी, २०२१काठमाडौं । सरकारले भारतबाट अनुदानमा प्राप्त भएको...

Top