अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर

Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार


०२ मार्च, २०२०
न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता फैलिएको कोरोनाको संक्रमणबाट मानिसहरुको मृत्यु हुने क्रम बढ्दै गएको छ । यहाँको स्वास्थ्यमन्त्रालयले जनाएअनुसार अमेरिकाको वासिंटनमा मात्रै कोरोनाको कारण अहिलेसम्म (मार्च २ तारिक स्थानीय समय अनुसार दिउँसो ३ बजेसम्म) मा ६ जनाको मृत्यु भै सकेको छ ।

यसअघि शनिबार साँझसम्म १ जनाले ज्यान गुमाएको भएपनि सोमबारसम्म आइपुग्दा थप ५ जनाले ज्यान गुमाएका छन् । वासिंटनपोष्टका अनुसार स्थानीय किङ काउन्टीमा ५ जना र स्नोहोमिस काउन्टीमा एक जना गरी अहिलेसम्म ६ जनाको ज्यान गएको हो । अस्पतालमा उपचारमा रहेका बेला उनीहरुमा यसको संक्रमण फैलिँदै गएपछि ज्यान गएको बताइएको छ । करिब १ सय जना संक्रमितको अस्पतालमा उपचार भै रहेको छ । जसमध्ये ७ जनाको अवस्था जोखिमपूर्ण रहेको बताइएको छ ।

अमेरिकाको वासिंटनबाहेक न्यूर्योकमा पनि यसको संक्रमण देखिएको छ । हालै इरानको भ्रमणबाट फर्किएकी एक महिलामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । यसैबीच कोरोना संक्रमितको संख्या र मृतकको संख्या बढ्न थालेपछि अमेरिकी सरकारले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

यथास्थितिमा कोरोनाको संक्रमण बढ्दै जाने हो भने स्थिती भयाबह हुने भन्दै विशेष सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । चीनबाट फैलिएको कोरोनाको प्रकोप अहिले विश्वका झण्डै ५० मुलुकमा देखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’ एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल चलचित्र क्षेत्रका दुई...

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको...

पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित

२०७६ फाल्गुन २४ गते शनिबार

०७ मार्च, २०२० रोम । युरोपेली मुलुक इटलीमा कोरोना...

Top