बेलायतमा नयाँ प्रकारको कोरोना संक्रमण देखिएसँगै युरोपका अधिकांश देशद्वारा हवाई उडानमा रोक

Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार


२२डिसेम्बर, २०२०
वेस्टह्याम, लण्डन । पछिल्ला दिनहरुमा कोरोना भाइसरका कडा लक्षणसहितका संक्रमितको संख्या देखिएपछि लण्डनबाट युरोपका प्राय सबै देशमा हुने उडानहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । विगत केहीदिनयता बेलायतको दक्षिण पूर्वी क्षेत्रमा कोरोना भाइरसको संक्रमणमा परेका र कडा प्रकृतिका लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि युरोपेली युनियनले यहाँबाट हने सबै यात्रुबाहक विमानहरु रोक्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै युरोपका अधिकांश देशहरुमा बेलायतबाट हुने हवाई उडान गएराति १२ बजेपछि बन्द भएको छ । कतिपय युरोपेली देशले आफ्नो देशका नागरिकलाई पिसिआर रिपोर्टसहित प्रवेश गर्न दिने बताएपनि अनिवार्य रुपमा केहीसाता आइसोलेसनमा बस्नुपर्ने बाध्यकारी प्रावधान अघि सारेको छ । विगत केहदिनयता लण्डनका विभिन्न क्षेत्रमा कडा प्रकृतिका कोरोनाका विरामीहरु देखिन थालेपछि अहिले यसको व्यवस्थापन स्वास्थ्यकर्मीहरुका लागि थप चुनौतीपूर्ण बनेको छ ।

कोरोनाको भ्याक्सिन प्रयोगमा आएपनि अहिले दक्षिणी लण्डनमा देखिएका कोरोना संक्रमितको अवस्था र यसको फैलँदो रुपले भोलिका दिनमा ल्याउनसक्ने गम्भीर परिणामलाई मध्यनजर गर्दै बेलायतबाट हुने सबै उडानहरुमा रोक लगाइएको युरोपेली युनियनको भनाई छ । युरोपेली युनियनको यो निर्णयसँगै क्रिशमस तथा अँग्रेजी नयाँ वर्षका बेला हुने चहलपहल ठप्प प्राय हुने देखिएको छ । हाल युरोपका पनि अधिकांश देशमा कोरोना संक्रमण फैलँदो क्रममा रहेका कारण युरोप भित्रको पर्यटनधन्दा लगभग ठप्पप्राय बनेको छ ।

बेलायतमा नयाँ खालको कोरोना संक्रमितका कारण भोलिका दिनमा अस्पतालहरु भरिभराउ हुने सम्भावना देखिएको भन्दै विज्ञहरुले विशेष सावधानी अपनाउनका लागि आग्रह गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमणबाट पहिलो पटक नेपालीको मृत्यु : संखुवासभाका राईले लण्डनमा गुमाए ज्यान कोरोना संक्रमणबाट पहिलो पटक नेपालीको मृत्यु : संखुवासभाका राईले लण्डनमा गुमाए ज्यान

२०७६ चैत्र ८ गते शनिबार

२१ मार्च, २०२० लण्डन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका...

याङ्गुनका सडकमा ओर्लियो मानव सागर ! याङ्गुनका सडकमा ओर्लियो मानव सागर !

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’...

निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार...

उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित) उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)

२०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३...

Top