Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार
२२डिसेम्बर, २०२०
वेस्टह्याम, लण्डन । पछिल्ला दिनहरुमा कोरोना भाइसरका कडा लक्षणसहितका संक्रमितको संख्या देखिएपछि लण्डनबाट युरोपका प्राय सबै देशमा हुने उडानहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । विगत केहीदिनयता बेलायतको दक्षिण पूर्वी क्षेत्रमा कोरोना भाइरसको संक्रमणमा परेका र कडा प्रकृतिका लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि युरोपेली युनियनले यहाँबाट हने सबै यात्रुबाहक विमानहरु रोक्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै युरोपका अधिकांश देशहरुमा बेलायतबाट हुने हवाई उडान गएराति १२ बजेपछि बन्द भएको छ । कतिपय युरोपेली देशले आफ्नो देशका नागरिकलाई पिसिआर रिपोर्टसहित प्रवेश गर्न दिने बताएपनि अनिवार्य रुपमा केहीसाता आइसोलेसनमा बस्नुपर्ने बाध्यकारी प्रावधान अघि सारेको छ । विगत केहदिनयता लण्डनका विभिन्न क्षेत्रमा कडा प्रकृतिका कोरोनाका विरामीहरु देखिन थालेपछि अहिले यसको व्यवस्थापन स्वास्थ्यकर्मीहरुका लागि थप चुनौतीपूर्ण बनेको छ ।
कोरोनाको भ्याक्सिन प्रयोगमा आएपनि अहिले दक्षिणी लण्डनमा देखिएका कोरोना संक्रमितको अवस्था र यसको फैलँदो रुपले भोलिका दिनमा ल्याउनसक्ने गम्भीर परिणामलाई मध्यनजर गर्दै बेलायतबाट हुने सबै उडानहरुमा रोक लगाइएको युरोपेली युनियनको भनाई छ । युरोपेली युनियनको यो निर्णयसँगै क्रिशमस तथा अँग्रेजी नयाँ वर्षका बेला हुने चहलपहल ठप्प प्राय हुने देखिएको छ । हाल युरोपका पनि अधिकांश देशमा कोरोना संक्रमण फैलँदो क्रममा रहेका कारण युरोप भित्रको पर्यटनधन्दा लगभग ठप्पप्राय बनेको छ ।

बेलायतमा नयाँ खालको कोरोना संक्रमितका कारण भोलिका दिनमा अस्पतालहरु भरिभराउ हुने सम्भावना देखिएको भन्दै विज्ञहरुले विशेष सावधानी अपनाउनका लागि आग्रह गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै
२०७६ जेठ २० गते सोमबार
०३ जुलाई, २०१९ कोपनहेगन । नेपाली काँग्रेसको प्रवासी संगठन...
प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला प्रत्यारोपण हुँदै
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए
२०७६ असार ५ गते बिहिबार
२०, जुन, २०१९ काठमाडौं । होटल प्रशासनले होटल बन्द...
रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी
२०८० चैत्र ९ गते शुक्रबार
२२ मार्च, २०२४लिंकरोभर, बेल्जियमरुसको राजधानी मस्कोमा रहेको एउटा कन्सर्टस्थलमा...
Top