Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९
कोपनहेगन/डेनमार्कमा हुन लागेको आसन्न संसदीय चुनावको पर्यवेक्षणका लागि नेपालबाट काँग्रेस उपसभापतिको नेतृत्वमा एक टोली आज कोपनहेगन आइपुगेको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नेतृत्वको टोली यहि जुन ५ तारिकमा हुन लागेको संसदीय निर्वाचनको पर्यवेक्षणका लागि कोपन हेगन आइपुगेको हो ।
डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निमन्त्रणमा उपसभापति निधिसहितको टोली काठमाडौंबाट कोपनहेगन आइपुगेको हो । यहाँ रहँदा निधी नेतृत्वको टोलीले निर्वाचन अभियान तथा संसदीय चुनावका विभिन्न तयारीलगायतका विषयमा समेत जानकारी लिने छ । स्थलगत अवलोकनका उपसभापति निधिले यहाँका मतदाता, युवा, महिला लगायतका समूहसंग भेटेर कुराकानी गर्नु हनुेछ ।
यसैगरी चुनावको दिन बिहीबार मतदान मतदान स्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको छ । उपसभापति निधिले चुनाबको भोलिपल्ट राजनीतिक दलका नेताहरुसंग अन्तरक्रिया गर्नु हुनेछ।

नेपाल डेनमार्क बाहिर बनेको डीआइपीडीको पहिलो सदस्य मुलुक हो । जसलाई सन् २०१० मे २६ मा त्याँहाको संसदले मान्यता दिएको थिया । त्यसपछि नेपालको संसदले सन् २०१२ मा बिभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो।
नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यबस्थाको सवलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता अनुसार डेनर्माको संसदले यो संस्था गठन गरेको हो। यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढलाख नाघ्यो
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२०लिंकरोभर, बेल्जियम । गत २०१९ सालको डिसेम्बर...
पछिल्लो २४ घण्टामा भेटिए १ हजार १११ संक्रमित , काठमाडौंमा एकैदिन थपिए हालसम्मकै धेरै
२०७७ भाद्र ११ गते बिहिबार
२७ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलोपटक एकैदिन १ हजार...
दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस
२०७६ मंशिर २४ गते मंगलबार
१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी...
मारवाडी समुदायका आदर्श युवा: जो बनाउँदैछन् महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’
२०७७ बैशाख ५ गते शुक्रबार
रमेश लम्साल/ प्रदीपराज वन्त (रासस ) – झुस्स दारी...
Top