७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित)

Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार


२२ डिसेम्बर, २०२०
काठमाडौं । विगत ७ वर्षदेखि नेपालका विभिन्न बायुसेवा कम्नपीहरु युरोपेली युनियनको कालोसूचीबाट हट्न सकेका छैनन् । सन् २०१३ देखि नेपालका करिब २ दर्जन बायुसेवा कम्पनीहरुलाई युरोपेली युनियले ‘कालोसूची’मा राखेको हो । हवाईजहाज वा हेलिकोप्टरको मेसिनरी अवस्था, सिटको अवस्था, यात्रुसुरक्षा, सुविधा, नियमित मर्मतसम्हारलगायतलाई आधार मानेर युरोपेली युनियले आजभन्दा ७ वर्षअघिदेखि नेपाली हवाई उद्योगलाई कालोसूचीमा राख्दै तत्काल सुधार्नका लागि नेपाल सकारलाई आग्रह गर्दै आइरहेको छ ।

तर न त नेपाल सरकार न निजी हवाई सेवा कम्पनी कसैले पनि यसतर्फ गम्भीरताका साथ काम नगर्दा फलस्वरुप यो वर्षपनि नेपाली हवाई उडान युरोपेली युनियनको कालो सूचीबाट हट्न सकेको छैन । युरोपेली युनियनले कालोसूचीमा राखेका बायुसेवा कम्पनीहरुमा राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमसहित अन्र्तराष्ट्रिय उडानसमेत भरिरहेका अरु थप केही विमान कम्पनीहरुसमेत रहेका छन् ।

यस्तै केही हेलिकोप्टर उडान कम्पनीहरुसमेत इयुको कालोसूचीमा परेका छन् । केहीसाता अघि युरोपेली युनियनले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार नेपाल बायुसेवा निगम, हिमालयन एयरलाईन्स कालोसूचीमा परेका छन् । यस्तै, एयर डाइनेस्टी, अल्टिच्यूड एयर, बुद्ध एयर, फिस्टेल एयर, समिट एयर पनि यो पटक पटक युरोपेली युनियनको कालोसूचीमा परेका छन् ।

यसका अलावा, हेलि एभरेष्ट, हिमालय एयरलाइन्स, कैलास हेलिकोप्टर, मकालु एयर, मनाङ एयर, माउण्टेन हेली, प्रभु हेली, नेपाल एयरलाइन्स युरोपेली युनियनको कालोसूचीमा सूचीकृत भएका छन् । यस्तै, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, यति एयरलाइन्स, तारा एयर, सिम्रिक एयरलाईन्सपनि आगामी जुन महिनासम्मको लागि कालोसूचीमा परेका छन् ।

लामो समयसम्म नेपाली बायुसेवा कम्पनीहरु युरोपेली युनियनको कालोसूचीमा रहिरहँदा एक त यहाँ आउने पर्यटकहरुले यहाँको हवाईको गुणस्तरमाथि प्रश्न उठाउँदै आफ्नो भ्रमण नै रद्द गर्ने क्रम बढ्न थालेको छ भने अर्कोतर्फ नेपाली ध्वजाबाहक विमान कम्पनीले विश्वका विभिन्न मुलुकमा आफ्नो सेवा विस्तार गर्नका लागि थालेको प्रयासले सार्थकता पाउने देखिँदैन । यस्तै अन्र्तराष्ट्रिय क्षेत्रले नेपालको हवाई कम्पनी र हवाई आकाशमाथि सँधै प्रश्न उठाउने बाटो बनिरहने देखिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चैत्र १० देखि एक हप्ताका लागि दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गरिने चैत्र १० देखि एक हप्ताका लागि दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गरिने

२०७६ चैत्र ९ गते आइतबार

२२ मार्च, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको पूर्व...

आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...

कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो...

जनवरी १ को अर्को पाटो : राष्ट्रिय टोपी दिवस जनवरी १ को अर्को पाटो : राष्ट्रिय टोपी दिवस

२०७६ पुष १५ गते मंगलबार

०१ जनवरी, २०२० काठमाडौं । आज अँग्रेजी नयाँ वर्षको...

Top