७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित)

Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार


२२ डिसेम्बर, २०२०
काठमाडौं । विगत ७ वर्षदेखि नेपालका विभिन्न बायुसेवा कम्नपीहरु युरोपेली युनियनको कालोसूचीबाट हट्न सकेका छैनन् । सन् २०१३ देखि नेपालका करिब २ दर्जन बायुसेवा कम्पनीहरुलाई युरोपेली युनियले ‘कालोसूची’मा राखेको हो । हवाईजहाज वा हेलिकोप्टरको मेसिनरी अवस्था, सिटको अवस्था, यात्रुसुरक्षा, सुविधा, नियमित मर्मतसम्हारलगायतलाई आधार मानेर युरोपेली युनियले आजभन्दा ७ वर्षअघिदेखि नेपाली हवाई उद्योगलाई कालोसूचीमा राख्दै तत्काल सुधार्नका लागि नेपाल सकारलाई आग्रह गर्दै आइरहेको छ ।

तर न त नेपाल सरकार न निजी हवाई सेवा कम्पनी कसैले पनि यसतर्फ गम्भीरताका साथ काम नगर्दा फलस्वरुप यो वर्षपनि नेपाली हवाई उडान युरोपेली युनियनको कालो सूचीबाट हट्न सकेको छैन । युरोपेली युनियनले कालोसूचीमा राखेका बायुसेवा कम्पनीहरुमा राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमसहित अन्र्तराष्ट्रिय उडानसमेत भरिरहेका अरु थप केही विमान कम्पनीहरुसमेत रहेका छन् ।

यस्तै केही हेलिकोप्टर उडान कम्पनीहरुसमेत इयुको कालोसूचीमा परेका छन् । केहीसाता अघि युरोपेली युनियनले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार नेपाल बायुसेवा निगम, हिमालयन एयरलाईन्स कालोसूचीमा परेका छन् । यस्तै, एयर डाइनेस्टी, अल्टिच्यूड एयर, बुद्ध एयर, फिस्टेल एयर, समिट एयर पनि यो पटक पटक युरोपेली युनियनको कालोसूचीमा परेका छन् ।

यसका अलावा, हेलि एभरेष्ट, हिमालय एयरलाइन्स, कैलास हेलिकोप्टर, मकालु एयर, मनाङ एयर, माउण्टेन हेली, प्रभु हेली, नेपाल एयरलाइन्स युरोपेली युनियनको कालोसूचीमा सूचीकृत भएका छन् । यस्तै, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, यति एयरलाइन्स, तारा एयर, सिम्रिक एयरलाईन्सपनि आगामी जुन महिनासम्मको लागि कालोसूचीमा परेका छन् ।

लामो समयसम्म नेपाली बायुसेवा कम्पनीहरु युरोपेली युनियनको कालोसूचीमा रहिरहँदा एक त यहाँ आउने पर्यटकहरुले यहाँको हवाईको गुणस्तरमाथि प्रश्न उठाउँदै आफ्नो भ्रमण नै रद्द गर्ने क्रम बढ्न थालेको छ भने अर्कोतर्फ नेपाली ध्वजाबाहक विमान कम्पनीले विश्वका विभिन्न मुलुकमा आफ्नो सेवा विस्तार गर्नका लागि थालेको प्रयासले सार्थकता पाउने देखिँदैन । यस्तै अन्र्तराष्ट्रिय क्षेत्रले नेपालको हवाई कम्पनी र हवाई आकाशमाथि सँधै प्रश्न उठाउने बाटो बनिरहने देखिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो

२०७७ माघ १५ गते बिहिबार

२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...

नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट...

मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका...

नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप...

Top