बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति

Best Khabar Team | २०७७ कार्तिक २२ गते शनिबार


०७ नोभेम्बर, २०२०
न्यूर्योक, अमेरिका । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुकको नयाँ राष्ट्रपतिको रुपमा जोड बाइडेन विजयी भएका छन् । गएको मंगलबार सम्पन्न चुनावको आज प्राप्त पछिल्लो तथा अन्तिम मत परिणाम अनसार आगामी चार वर्षका लागि नयाँ राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जोई बाईडेन विजयी भएका हुन् ।

उनी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रमलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन् । यो सँगै उनी संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा बनेका छन् । अबको चार वर्ष उनले अब अमेरिकाको राष्ट्रपतिको रुपमा काम गर्नेछन् । नवनिर्वाचित राष्ट्रपति वाईडेन यसअघिका राष्ट्रपति बनेका बाराक ओबामाको समयमा उपराष्ट्रपति थिए ।

यो पटक पूर्व राष्ट्रपति बाराकले पनि वाईडेनको चुनावी प्रचारप्रसार अभियानमा सक्रियरुपमा आफूलाई सहभागी गराएका थिए । डाइडेनले पछिल्लो पटक विजयी हुनका लागि आवश्यक पर्ने २ सय ७० इलेक्टोरल भोटको लक्षलाई अमेरिकाको पेन्सिलभेनिया राज्यको मतगणनासँगै पुरा गरेपछि उनको जीत भएको हो ।

यसअघि भएको मतगणनालाई आधार बनाउँदा र बाँकी रहेका राज्यहरुको अवस्था हेर्दा उनको जीत सुनिश्चित हुने वष्लेषकहरुले यसअघि नै अनुमान गरिसकेका थिए । नवनिर्वाचित राष्ट्रपति बाइडेन ७७ वर्षका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ

२०७७ श्रावण ९ गते शुक्रबार

२४ जुलाई, २०२०काठमाडौं । काठमाण्डौंको सितापाईलामा हिजो साँझ एक...

हुम्लामा पनि जीप दुर्घटना,  सबै यात्रु नदीमा वेपत्ता, खोजी जारी हुम्लामा पनि जीप दुर्घटना, सबै यात्रु नदीमा वेपत्ता, खोजी जारी

२०७६ असार ३ गते मंगलबार

१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...

साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको...

युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’:  इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित) युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)

२०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना...

Top