Best Khabar Team | २०७७ असार २३ गते मंगलबार
०८ जुलाई, २०२०
काठमाडौं । आफ्नो अस्पतालमा उपचाररत ७ जना विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको बाँसबारीमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आकस्मिक बाहेकको सबै सेवा बन्द गर्नुपरेको जनाएको छ ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार मुटु सम्बन्धी समस्या देखिएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये केही काठमाडौंकै स्थानीय वासिन्दा भएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालमा उचारका लागि भर्ना भएका विरामीका कोरोना देखिएपछि सुरक्षाका लागि भन्दै गंगालाल हृदयरोग केन्द्रले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द भएको सूचनामार्फत् जानकारी गराएको छ ।

अस्पतालको विरामीमा कोरोना देखिएपछि अहिले उनीहरुको सम्पर्कमा रहेका अन्य विरामी, चिकित्सक तथा आफन्तको बारेमा जानकारी लिने काम शुरुभएको बताइएको छ । अस्पतालले सुरक्षाका लागि भन्दै अत्याश्यक काम बाहेक अस्पतालमा अनावश्यक भीडभाड नगर्न सूचनामार्फत जानकारी गराएको छ । यसैबीच भक्तपुरको क्यान्सर अस्पतालमा कार्यरत चार जना चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
पाटनस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको बताइएको छ । कोरोना संक्रमित चिकित्सकहरुलाई आइसोलेसनमा राखिएको अस्पताल स्रोतको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
५ तस्वीरमा हेर्नुहोस् मंगल ग्रहको जमिन,नदि तथा ढुंगाहरू (पहिलो पटक रेकर्ड गरिएको आवाज सहित)
२०७७ फाल्गुन १३ गते बिहिबार
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगलग्रहमा हालै पठाएको एउटा अन्तरिक्ष...
कतारमा कोरोना : १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाइयो
२०७६ फाल्गुन २६ गते सोमबार
०९ मार्च, २०२० दोहो । कतारले कोरोना भाईरसको प्रकोप...
‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २०७६...
पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । कोरोना संक्रमणमा परेपछि काठमाडौंको नर्भिक...
Top