Best Khabar Team | २०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी, २०२०
काठमाडौं । बरिष्ठ पत्रकार दुर्गानाथ शर्मा आज ब्रह्मलिन भएका छन् । उनको उपचारको क्रममा काठमाडौं शिक्षण अस्पताल हातामा रहेको मनमोहन कार्डियो थोरासिक एण्ड भास्कुलर सेन्टरमा आज निधन भएको हो । पछिल्लो समयमा उनी मुटुसम्बन्धी समस्याबाट पीडित थिए । ४ दिनअघिमात्रै उपचारको लागि उनलाई राजधानीको बाँसबारीमा रहेको गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो ।

त्यहाँबाट शर्मालाई थप उपचारका लागि मनमोहन कार्डियो सेन्टर ल्याइएको थियो ।मुटुमा समस्या भएपछि उहाँको साढे २ दशकअघि ओपन हार्ट सर्जरी गरिएको थियो । अहिले मुटुमा संक्रमणदेखिएपछि पछिल्ला केही समयदेखि उहाँ विभिन्न अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको थियो ।
नेपाली पत्रकारिताका क्षेत्रका एक मूर्धन्य एवं अग्रणी पत्रकारको रुपमा परिचित शर्माको जन्म २००४ सालमा पूर्वी नेपालको इलाम जिल्लाको फिक्कलमा भएको थियो । ७२ वर्षका शर्माले यसअघि नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनको महाप्रबन्धकको जिम्मेवारीसमेत कुशलतापूर्वक सम्हाली सकेका थिए । नेपाल टेलिभिजनमा शर्माले लामो समय समाचार बाचनको काम समेत गरेका थिए ।
शर्माको ‘विश्व घटना’ नामक टेलिभिजन कार्यक्रम दर्शकहरुमाझ अत्यन्तै लोकप्रिय मानिन्थ्यो । विश्वभरका सामाजिक, राजनैतिक एवं समसामयिक घटनाहरुसमेटिने सो कार्यक्रम उनकै पहलमा नेपाल टेलिभिजनमा शुरु भएको थियो । स्वर्गीय शर्माका २ छोरा र श्रीमती छन् । शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सर्लाहीका कोरोना संक्रमित जनकपुर अस्पतालको आइसोलेसनबाट फरार, प्रहरी खोजीमा जुट्यो
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर...
त्रिभुवन विमानस्थलको अस्तव्यस्तता
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९ वेस्टखबर टिम । काठमाडौं । सरकार...
पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु
२०७७ असार ११ गते बिहिबार
२५ जुन, २०२०लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका...
अख्तियारका पूर्वआयुक्त पाठक ७८ लाख धरौटीमा छुटे, बैंक बस्यो ग्यारेन्टी
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । ७८ लाख रुपैयाँ घुस...
Top