कोरोनाका कारण स्थगित २०७६ को एसईई परीक्षा नगर्ने सरकारको निर्णय, विद्यालयको आन्तरिक परीक्षाबाटै ग्रेड निर्धारण गरिने

Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार


१० जुन, २०२०
काठमाडौं । सरकारले गत २०७६ साल चैत्र ६ गतेदेखि तय भएको तर कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै तत्काल स्थगित भएको एसईई परीक्षा नगर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले विद्यालयहरुले गरेको आन्तरिक परीक्षालाई आधार बनाएर ग्रेट निर्धारण गर्न सम्बन्धित विद्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

सरकारको यो निर्णयसँगै अब २०७६ को एसईई परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुले विद्यालयले गरेको आन्तरिक परीक्षणा र त्यसको मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले त्यसको प्रमाणीकरण गरेपछि ग्रेड सिट र प्रमाणपत्र पाउने छन् । धेरै लामो समयसम्म विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित रहेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाईसेन प्याब्सनले पनि सरकारलाई आन्तरिक मूल्यांकनलाई नै एसईईको मान्यता दिन सुझाव दिएको थियो ।

आजको मन्त्रीपरिषद् बैठकमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलको एसईई परीक्षासबन्धी प्रस्तावलाई मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेको हो । नेपालमा कोरोना भाइरसको संक्रमण फैलने क्रम जारी रहेको अवस्थामा अझै कतिदिन विद्यालय वा परीक्षण सञ्चालन गर्न सकिँदैन भन्ने टुंगो नभएका कारण अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै यो व्यवस्था गरिएको मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पक्राउ पूर्जी पाएलगत्तै प्रहरीले समात्यो सांसद मनाङ्लेलाई पक्राउ पूर्जी पाएलगत्तै प्रहरीले समात्यो सांसद मनाङ्लेलाई

२०७६ माघ ९ गते बिहिबार

२३ जनवरी, २०२०पोखरा । एन्फा कास्कीका अध्यक्षलाई कुटपिट गरेको...

समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती...

कोरोनाको कहरबाट आक्रान्त जनतालाई सरकारको १२ वटा राहतमूखी कार्यक्रम (बुँदासहित) कोरोनाको कहरबाट आक्रान्त जनतालाई सरकारको १२ वटा राहतमूखी कार्यक्रम (बुँदासहित)

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना...

तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन

२०७६ मंशिर २९ गते आइतबार

–झलक थापा बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान,...

Top