Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०
काठमाडौं । सरकारले गत २०७६ साल चैत्र ६ गतेदेखि तय भएको तर कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै तत्काल स्थगित भएको एसईई परीक्षा नगर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले विद्यालयहरुले गरेको आन्तरिक परीक्षालाई आधार बनाएर ग्रेट निर्धारण गर्न सम्बन्धित विद्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

सरकारको यो निर्णयसँगै अब २०७६ को एसईई परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुले विद्यालयले गरेको आन्तरिक परीक्षणा र त्यसको मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले त्यसको प्रमाणीकरण गरेपछि ग्रेड सिट र प्रमाणपत्र पाउने छन् । धेरै लामो समयसम्म विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित रहेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाईसेन प्याब्सनले पनि सरकारलाई आन्तरिक मूल्यांकनलाई नै एसईईको मान्यता दिन सुझाव दिएको थियो ।
आजको मन्त्रीपरिषद् बैठकमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलको एसईई परीक्षासबन्धी प्रस्तावलाई मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेको हो । नेपालमा कोरोना भाइरसको संक्रमण फैलने क्रम जारी रहेको अवस्थामा अझै कतिदिन विद्यालय वा परीक्षण सञ्चालन गर्न सकिँदैन भन्ने टुंगो नभएका कारण अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै यो व्यवस्था गरिएको मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन : देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो
२०८२ जेठ २९ गते बिहिबार
१२ जुन, २०२५न्यूर्योक, अमेरिका । गत जनवरीको अन्तिम साता...
अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा
२०७६ पुष १ गते मंगलबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्ला केही महिनायता गुठी...
भारतीय ध्वजाबाहक विमान दुर्घटना : २ सय भन्दा बढीको मृत्यु
२०८२ जेठ २९ गते बिहिबार
१२ जुन, २०२५ नयाँदिल्ली, भारत । भारतको अहमदाबादबाट लण्डनका...
अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित...
Top