Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१
काठमाडौं । समस्त हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र काठमाडौंमा रहेको भगवान् पशुपति नाथको मन्दिरमा अब भक्तजनहरुले पूर्ववत अवस्थामै दर्शन गर्न पाउने भएका छन् । कोरोना महामारीका कारण विगत लामो समयदेखि बन्द भएको मन्दिर पुस १ गतेदेखि आंशिक समय तोकेर भक्तजनका लागि खुल्ला गरिएको थियो।

अहिले कोरोना भाइरसको जोखिम कम भएको तथा नजिकिँदो महाशिवरात्री पर्वलाई मध्यनजर गर्दै बढ्ने दर्शनार्थीको चापलाई व्यवस्थापन गर्नका लागि बिहानदेखि साँझसम्म मन्दिर खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। कोरोना संक्रमणको कारण गतवर्षको चैत्रदेखि बन्द भएको मन्दिर १० महिनापछि पुस १ गतेबाट सञ्चालनमा आएपछि दिउँसो २ बजेपछि मन्दिर बन्द गरिँदै आएको थियो। तर अब भने साँझसम्म भक्तजनका लागि मन्दिर खुल्ला राख्ने तयारीमा क्षेत्र विकास कोष लागेको हो ।
कोषका अनुसार फागुन २७ गते बिहीबारदेखि बिहान ५ बजेदेखि बेलुकासम्म मन्दिर भक्तजन तथा दर्शनार्थीको लागि खुल्ला राखिने छ । हाल मन्दिरको पश्चिम ढोकाबाट मात्रै भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गर्न पाउने व्यवस्था गरिएको भएपनि शिवरात्रीदेखि मन्दिरका चारवटै ढोका खुल्ला गरिने छ । कारोना भाइरसको जोखिम पूर्ण रुपमा नहटिसकेको निष्कर्ष सहित कोषले मन्दिर प्रवेश गर्ने भक्तजनका लागि माक्स तथा स्यानिटाइजर अनिवार्य गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारत चीनबीचको सीमा विवाद : रुसको मध्यस्थतामा वार्ता हुँदै
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०नयाँदिल्ली । गएको सोमबार राती भारत चीन...
अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब...
नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट...
पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै
२०८० फाल्गुन १ गते मंगलबार
१३, फेब्रुअरी, २०२४तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको...
Top