Best Khabar Team | २०७६ कार्तिक ६ गते बुधबार
२३ अक्टोबर, २०१९
काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘छ मायाँ छपक्कै’ नामक नेपाली चलचित्रहरुले पहिलो सातामै राम्रो व्यापार गरेको छ । दशैं तिहार जस्ता ठूला चाडपर्वको बीचमा प्रदर्शनमा आएको चलचित्रले प्रदर्शको पहिलो सातामै झण्डै पाँच करोड रुपैयाँ बराबरको व्यापार गरेको चलचित्र निर्माताले जनाएका छन् ।

अहिले अहिले अधिकांश क्याम्पस तथा स्कुल बन्द भएको तथा कतिपय कार्यालयहरुसमेत दशैं तिहारको विदामा रहेका कारण चलचित्र हलमा दर्शहरुको भीड बढेको छ । जुन चलचित्र निर्माता पक्षको लागि खुसीको कुरा हो । शनिबारसम्ममा ३ करोड रुपैयाँ बराबरको व्यापार गरेको चलचित्रले बुधबारसम्ममा पाँच करोड रुपैयाँ संकलन गरेर रेकर्ड कायम गरेको छ । दिपेन्द्र लामाको निर्देशनमा निर्माण भएको चलचित्र देशभरका ३ सय भन्दा चलचित्र भवनहरुमा चलिरहेको छ ।
चलचित्र आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको प्रस्तुती हो । चलचित्रको निर्माणमा दीपकराज गिरी, दीपाश्री निरौलालगायतसमेत सहभागी छन् । उनीहरुको साथै चलचित्रमा कलाकारहरु केदार न्यौपाने, जितु नेपाल, केकी अधिकारीलगायतको अभिनय रहेको छ । चलचित्र प्रमोशनका लागि दिपक र दिपाले नयाँ शैली अपनाएका छन् । चलचित्रको निर्माता रोहित अधिकारी र सह निर्माता सुमन गिरीलगायत छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा
२०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...
पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
राष्ट्रिय सुरक्षा एवं गोपनियता माथि खतरा देखाउँदै क्यानडामा टिकटकमाथि प्रतिबन्ध !
२०७९ फाल्गुन २२ गते सोमबार
०६ मार्च, २०२३ टोरन्टो, क्यानडा । चिनियाँ कम्पनीद्वारा सञ्चालित...
हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो
२०७६ माघ ६ गते सोमबार
२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले...
Top