Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार
०६ अक्टोबर, २०२०
न्यूर्योक, अमेरिका । दोश्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने दौडमा लागेका अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमण ठिक नहुँदै अस्पतालबाट निवास फर्केका छन् । ३ दिनको अस्पताल बसाईपछि राष्ट्रपति ट्रम्प सोमबार अपरान्ह घर फर्केका हुन् । केहीदिन अघि ट्रम्पमा कोरोना (कोभिड १९) को संक्रमण भएपछि चिकित्सकको सल्लाह अनुसार उनी अस्पताल भर्ना भएका थिए । अस्पतालमा बसाईका क्रममा गरिएको कोरोना टेस्टमा उनमा अझै कोरोना संक्रमण देखिएको छ ।

पूर्णरुपमा कोरोना मुक्त नभएपनि उनी चिकित्सकसँग अनुमति लिएर ‘ह्वाईट हाउस’ मै आइसोलेसनमा बस्ने गरी अस्पतालबाट फर्किएका हुन् । अमेरिकाको मेरिल्यान्डस्थित वाल्टर रीड मिलिट्री हस्पिटलबाट हेलिकोप्टरमा ट्रप्पलाई सिधै राष्ट्रपति भवन ह्वाईट हाउसमा ल्याइएको थियो । उनले आफूलाई ३ दिनको अस्पतालपछि सहज भएको र बाँकी समय ‘होम आइसोलेसन’ मै बसेर विताउने इच्छा देखाएपछि चिकित्सकको परामर्श अनुसार उनलाई अस्पतालले डिस्चार्ज दिएको थियो ।
ह्वाईट हाउसमा रहँदा उनलाई विशेषज्ञ चिकित्सकले २४ सै घण्टा चिकित्सकीय सेवा प्रदान गर्ने र उनीहरुकै निगरानीमा रहनेछन् । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि हुन लागेको आसन्न चुनावमा भावी राष्ट्रपतिको उम्मेद्वारको रुपमा समेत आफूलाई उभ्याएका ट्रम्पले ह्वाईट हाउसमा होम आइसोलेसनमा रहँदा चुनावी प्रचारप्रसारलाई तीब्रता दिने बताइएको छ । उनले घरमै बसेपनि इन्टरनेट तथा अन्य सञ्चारका माध्यमबाट आफ्नो चुनावी प्रचार कार्यक्रमलाई निरन्तरता दिने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पछिल्लो २४ घण्टामा भेटिए १ हजार १११ संक्रमित , काठमाडौंमा एकैदिन थपिए हालसम्मकै धेरै
२०७७ भाद्र ११ गते बिहिबार
२७ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलोपटक एकैदिन १ हजार...
काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले...
ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री मोदी नै पुगे विमानस्थल
२०७६ फाल्गुन १२ गते सोमबार
२४ फेब्रुअरी, २०२० नयाँदिल्ली । दुईदिने भारत भ्रमणका लागि...
पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण, क्वारेन्टाइनमा राखेर उपचार गरिँदै
२०७६ चैत्र २ गते आइतबार
१५ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलको दक्षिण पूर्वमा पर्ने फारो...
Top